बिर्तामोड । पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वरधाममा शत्बीज छर्न आउने भक्तजनको संख्या अत्यधिक रहेको छ । धाम समितिका अध्यक्ष नवीन गट्टानीले अर्जुनधारा जलेश्वरधाममा शत्बीज छर्न
अहिलेसम्म कै ठूलो संख्यामा भक्तजन आएको बताए।
यसबर्ष आफूहरूले कल्पना गरेको भन्दा बढी भक्तजन शत्बीज छर्न आएको बताउंदै उनले शनिबार बिहान २ बजेदेखि भक्तजनहरूले शत्बीज छर्न शुरू गरेको र दिनभर लाखौ भक्तजन आएको उनले बताए।
शत्बीज छर्न बालबालिकादेखि बृद्धबृद्दासम्मले सहभागिता जनाएको उनको भनाई छ । नेपाल, भारतबाट अधिक तथा अमेरिका, अस्ट्रेलियाबाट समेत भक्तजनको सहभागिता रहोको उनको भनाई छ।
शत्बीज छर्न आएका भक्तजनले धाममा आयोजना गरिएको अष्टोत्तोरशत् १०८ श्रीमद् भागवत पाठपारायण तथा हवनात्मक महायज्ञको समेत परिक्रमा गरेको धामका मूल अर्चक अग्नीप्रसाद सिग्देलले बताए।
शत्बीज छर्न नेपाल तथा भारतबाट लाखौ भक्तजन आइपुगेर आफ्ना पितृको स्मरण गरी शत्बीज रोपण गरेको उनले बताए।
भक्तजनहरूले अष्टोत्तोरशत् १०८ श्रीमद् भागवत पाठ व्यास स्थलसहित बनाइएको बिशेष परिक्रमास्थल परिक्रमा गर्दै सत्संग र धार्मिक प्रवचनहरू श्रवण गर्दै शत्बीज छरिरहेको उनको भनाई छ ।