बिर्तामोड। सेन्ट्रल फाइनान्स लिमिटेड शाखा बिर्तामोडले बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
अर्जुनधारा ६ छाताचौक  ग्रामीण सेवा समुदाय क्लबमा आयोजित कार्यक्रममा बित्तिय साक्षरता कार्यक्रम भएको हो ।
स्थानीय समुदायलाई बित्तिय सम्बन्धी जानकारी दिन संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम गरिएको सेन्ट्रल फाइनान्स लिमिटेड शाखा बिर्तामोडका शाखा प्रमुख प्रकाश फुयलले जानकारी दिए।
कार्यक्रममा बैककी  रञ्जु आचार्यले बैंकमा खाता खोल्ने तरिका,बैंकको  चेक  ,  नोट, बिबिध पक्षबारे जानकारी दिएकी थिइन्।
कार्यक्रममा सेन्ट्रल फाइनान्स लिमिटेड शाखा बिर्तामोडका शाखा प्रमुख प्रकाश फुयलले  बचत गर्ने कारण,  उपाय , फाइदा , बचत गर्ने स्थान,  कर्जालिने उद्देश्य, व्यवस्थापन, सदुपयोगिताबारे बताएका थिए।
उनले बिभिन्न श्रव्यदृश्य मार्फत  आफ्ना प्रस्तुतिलाई प्रष्ट बनाएका थिए।
कार्यक्रममा बैंकका कर्मचारी रोषन मिश्रले डिजिटल बैकिङको परिचय,प्रयोग गर्ने चुनौति, ध्यान दिनुपर्ने कुरा,अनलाइन ठगीबाट बच्ने तरिका,डिजिटल बैकिङबाट सुरक्षित रहने तरिकाबारे जानकारी गराएका थिए।
कार्यक्रममा सहभागीलाई बैक र बित्तिय सम्बन्धित बिभिन्न प्रश्न सोधेर सही उत्तर दिने सहभागीलाई पुरस्कार प्रदान गरि॓एको थियो।
कार्यक्रममा सेन्ट्रल फाइनान्स लिमिटेड शाखा बिर्तामोडका  कर्मचारीहरू  मिसन प्रधान, कमला राईलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी कल्पना राई दाहाल,सीता कार्की बस्नेतलगायतले कार्यक्रम फलदायी भएको बताएका थिए।  सेन्ट्रल फाइनान्स लिमिटेडले हाल देशका विभिन्न स्थानमा रहेका २२ वटा शाखाबाट बित्तिय सेवा प्रदान गरिरहेको शाखा प्रमुख फुयलले बताए।