बिर्तामोड। वीरता लेडी जेसीजले साहरा साहित्य साँझको तयारी गरेको छ ।
प्राज्ञ मुनाराज शेर्मा, कबी मनु मञ्जील र मिश्र बैजयन्तीसहीतको साहित्यमा यौन मनोविज्ञान र प्रेम संवाद सञ्चालन गरिने र सांझमा नारी गजलकार सिन्धू निरौलालगायतको सहभागितामा गजल बाचन तथा श्रवण कार्यक्रमको आयोजना गरिएको कार्यक्रम सहजकर्ता साहित्यकार लीला अनमोलले जानकारी दिइन् ।
आगामी मंसिर २१ गते इन्द्रेणी ब्याङ्क्वेटमा हुने कार्यक्रमलाई साहरा नेपाल साकोसले आर्थिक सहयोग गरेको वीरता लेडी जेसीजकी अध्यक्ष मेनुका (मिनु) ओली लोहनीले बताइन् ।
आफूले हालसम्म ५० वटा कार्यक्रम गरेको बताउंदै उनले आफ्नो कार्यकालको अन्तिम कार्यक्रम साहरा साहित्य सांझ रहेको बताइन् ।
उनले कार्यक्रमका लागी एक सय रूपैया शुल्क राखिएको र बचत भएको रकमले सचिवालयको भवनको ट्रष्ट लगाउने जानकारी दिइन् ।
वीरता लेडी जेसीजकी अध्यक्ष मेनुका ( मिनु )ओली लोहनीको अध्यक्षता तथा पूर्व अध्यक्ष राधा सुब्बाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पूर्व अध्यक्षहरू पार्बता खरेल बिमली, शरु भूर्तेल, संगिता चिमरिया, निवर्तमान अध्यक्ष संगीता गिरीलगायतले कार्यक्रम सफल बनाउन लागीपर्ने प्रतिबद्धता जनाएका थिए।
कार्यक्रम संयोजक संस्थाकी सहसचिव एलिना रिजाल ढकालले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव मुना ढुङ्गेलले गरेकी थिइन् ।