बिर्तामोड। वीरता लेडी जेसीजले झन्डोत्तोलन गरी कार्याकाल शुरू गरेको छ। वीरता लेडी जेसीजकी अध्यक्ष निशा शाक्यको अध्यक्षता तथा संस्थापक अध्यक्ष शारदा रिजालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यकारीणी उपाध्यक्ष चन्द्रकला रिजालले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्। आस्था वाचन कानूनी सल्लाहाकार अस्मिता राईले गरेको कार्यक्रममा मिसन भिजन उपाध्यक्ष एलिना रिजाल ढकालले गरेकी थिइन्।
कार्यक्रममा अध्यक्ष शाक्य, प्रमुख अतिथी रिजाल लगायतले जेसीजको झण्डासहित राष्ट्रिय झण्डालाई फहर्याएका थिए।
कार्यक्रममा वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष पार्वता खरेल विमली,नेवा: मिशा पूचकी अध्यक्ष निलम प्रधानलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा पूर्व अध्यक्षहरू देवी खड्का, पार्वता खरेल विमली , रजनी थपलिया, शरू भूर्तेल खनाल, सुस्मा पौडेल, संगीता चिमरिया, संगीता गिरीलगायतको सहभागिता रहेको थियो ।
निवर्तमान अध्यक्ष मेनुका ओलीले औचित्यमाथी प्रकाश पारेको कार्यक्रमको सञ्चालन महासचिव प्रभा रायाले गरेकी थिइन् ।