बिर्तामोड। झापाको बिर्तामोड ४ स्थित माॅ लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १७औं स्थापना दिवस बिर्तामोड ४ मा रहेको स्नेहा माया घर बृद्धाश्रममा रहेका बृद्धबृद्धाहरूलाई सहयोग गरेर मनाएको छ ।
संस्थाका अध्यक्ष देवेन्द्रकुमार सिंहको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष घनश्याम चौधरीले संस्थाको औचित्यमाथी प्रकाश पार्दै स्वागत मन्तव्य व्यक्त गरेका थिए।
उनले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत बृद्धबृद्धाहरूलाई सहयोग गरेर स्थापना दिवस मना॓एको बताए।
गुरूप्रसाद डिकमाया फाउन्डेसनका संस्थापक गुरूप्रसाद ओझाले गुरूप्रसाद डिकमाया फाउन्डेसनद्वारा बिगत एक बर्षदेखि सञ्चालित बृद्धाश्रममा छ जना बृद्धबृद्धा रहेको बताए। उनले बृद्धबृद्धाहरूलाई सहयोग गरेकोमा माॅ लक्ष्मी बचत तथा ऋण सहकारी संस्थालाई धन्यवाद दिए। त्यस्तै बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौलाले माॅ लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले सामाजिक कार्य गरेर स्थापना दिवस मनाएर उदाहरणीय कार्य गरेको बताए।
कार्यक्रममा संस्थाका पदाधिकारीहरूले बृद्धबृद्धाहरूलाई खाद्यान्न सामग्री बितरण गरेका थिए। कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक दीपक साफीले गरेका थिए।