बिर्तामोड। सुप्रिम पेन्ट्सले आफ्ना पेन्टरहरूसंग
पेन्ट्स मिट सम्पन्न गरेको छ।
झापाको बिर्तामोड २ शान्तीटोलमा रहेको सुप्रिम पेन्ट्सले आफ्ना उत्पादनबारे जानकारीसहित पेन्टरका सल्लाह तथा गुनासो सुन्न कार्यक्रम आयोजना गरेको सुप्रिम पेन्ट्सका मुख्य संचालन अधिकारी सञ्जोग मैनालीले जानकारी दिए।
सुप्रिम पेन्ट्सले सुप्रिम पेन्ट्स क्लब स्थापना गरेर पेन्टरहरूलाई बीमाको सुबिधा. स्वरोजगार तालिम प्रदान गरिने उनले बताए।
कार्यक्रममा पोइन्टको आधारमा १७ जना पेन्टरहरूलाइ उपहार समेत प्रदान गरिएको थियो। सुप्रिम पेन्ट्सको नया उत्पादन सुप्रिसाइन लक्जरी इमल्सनको लञ्च गरिएको थियो।
सुप्रिम पेन्ट्सका सिइओ सरोजकुमार मैनालीले सुप्रिम पेन्ट्सले ग्राहकहरूको मन जितेको बताउंदै यसको उपयोगिता बारे जानकारी गराएका थिए । उनले सबैको साथले गर्दा नेपाली उत्पादन मध्ये सुप्रिम पेन्ट्सले उत्कृष्टता हांसिल गरेको बताए। सुप्रिम पेन्ट्सका चिफ मार्केटीङ अफिसर सुमन खरेलले सहजीकरण गरेको कार्यक्रममा सहभागितालाई बनभोज समेत खुवाईएको कम्पनिका सञ्चालक समिति सदस्य एलिस तिवारीले जानकारी दिए।