बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा बिर्तामोड नगरपालिका वडा नं. ५ धर्मकाटा रोडमा मंगलवारबाट शुरू एपोलो पेन्ट्स बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा वीरता लेडी जेसीजले सहभागिता जनाएको छ।
महोत्सव उद्घाटन अघि बिर्तामोड उद्योग वाणिज्य संघको परिसर अतिथी सदनदेखी महोत्सवस्थलसम्म आयोजनामा भएको प्रभातफेरीमा वीरता लेडीजेसीजले सहभागिता जनाएको वीरता लेडीजेसीजकीअध्यक्ष निशा शाक्यले बताइन्।
वीरता लेडी जेसीजकी अध्यक्ष निशा शाक्यको नेतृत्वमा संस्थापक अध्यक्ष शारदा रिजाल, पूर्व अध्यक्ष राधा सुब्बा, संगिता गिरीसहित लेडी जेसीजका पदाधिकारीहरूको सहभागिता रहेको थियो। बिर्तामोड नगरपालिका वडा नं. ५ धर्मकाटा रोडमा शुरू भएको एपोलो पेन्ट्स बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव आगामी माघ १९ गतेसम्म सञ्चालन हुँदैछ।