बिर्तामोड। साहित्य कला संस्कृति प्रतिष्ठान  बिर्तामोडको आयोजना तथा  बिर्तामोड ५ को  आर्थिक सहयोगमा साहित्यिक गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाकी अध्यक्ष भगवति ढुङ्गेलको अध्यक्षता तथा बिर्तामोड ५ का वडाध्यक्ष रोहित प्रसाईंको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद सिग्देलले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा  सभाध्यक्ष संस्थाकी अध्यक्ष  भगवती ढुङ्गेलले  कार्यक्रमको अेाेचित्यमाथि प्रकाश पार्दै साहित्यमा देखिएको गुटबाट उत्पन्न संकट, बर्तमानमा साहित्य कस्तो हुने र युवापुस्तालाई साहित्यमा कसरी अग्रसर गराउनेलगायतका बिषयक बारे सरोकारवालाहरूसंग अन्तरक्रियात्मक छलफल गरिएको  बताइन्।
कार्यक्रकमा प्रा. डा. गंगाप्रसादअधिकारीले" नयाँ पुस्ताका युवालाई साहित्यमा कसरी अभिप्रेरित गर्न सकिन्छ "भन्ने  विषयमा आफ्ना धारणा राखेका थिए भने सह प्राध्यापक होम सुवेदीले " साहित्य के हो? र आजको नेपाली साहित्यको धार कतातिर जाँदैछ? भन्ने विषयमा आफ्ना धारणा राखेका थिए।
कार्यक्रममा साहित्यकारहरू गणेशप्रसाद निरौला, पुण्य बराल,  बिन्दू  दाहाल मूकदर्शक, मातृकाप्रसाद संग्रौला,  देवीचरण भण्डारी' सरोज', गंगाप्रसाद सेढाईँ , सञ्चारकर्मी केशव भट्टराई,र विद्यार्थी अनुरागसिंह भण्डारीले जिज्ञासा राखेका थिए।
उनीहरुले राखेका जिज्ञासाहरुको जवाफ  प्रा. डा. गंगाप्रसादअधिकारीले दिएका थिए।
कार्यक्रममा  प्रमुख अतिथि बिर्तामोड नगरपालिका वार्ड नं . ५ का वडाअध्यक्ष रोहित प्रसाईं, वडा सदस्य ओमभक्त सेढाईँले लगायतले साहित्य कला संस्कृति प्रतिष्ठान  बिर्तामोडले गरेको कार्यको प्रशंसा गरेका थिए।
कार्यक्रममा बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौलाले कबिता , देवी मावि बिर्तामोडकी छात्रा साब्रीन खातुनले कविता र टावर टेम्पल माविकि छात्रा प्राप्ती रेग्मीले गजल, साहित्यकार  अशोक तिवारीले गजल वाचन गरेका थिए।  
संस्थाका सल्लाहकार  प्राध्यापक डाक्टर गोपिकृष्ण खतिवडाले समीक्षात्मक टिप्पणीसहित  समापन  गरेको कार्यक्रमको सञ्चालन सचिव तुलसीप्रसाद भट्टराईले गरेका थिए ।