बिर्तामोड। झापाको बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४ औं बार्षिक उत्सबको अवसरमा शैक्षिक सामग्री बितरण गरेको छ।
झापाको बिर्तामोड बुट्टाबारी ६ मा रहेको सरस्वती माध्यमिक विद्यालय ,भद्रपुरको महेशपुर आधारभूत विद्यालय र पाँचथरको सिद्दकाली आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरेको हो।
ठूला तारे होटलमा भव्य पार्टी गरेर तडकभडकका साथ वार्षिकोत्सव मनाउनु भन्दा त्यही रकमले सामाजिक कार्य गरेर वार्षिकोत्सव मनाउनु पर्छ भन्ने उद्देश्यले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत कमलबहादुर बस्नेतले बताए।
संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दीपक लुइँटेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत १६२ जना विद्यार्थीलाई स्कुल व्याग बितरण गरिएको अध्यक्ष सुवास भट्टराईले बताए।उनले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक सामग्री बितरण गरिएको बताए । कार्यक्रमको सञ्चालन संस्थाका बिजय बस्नेतले गरेका थिए।