बिर्तामोड । झापाको बिर्तामोडमा एक केजी चिनी ६० रूपैयाँमै पाइने भएको छ। बिर्तामोड –५ स्थित स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाले सञ्चालनमा ल्याएको स्वरोजगार भवानी सहकारी सुपथ मूल्यको पसलमा शनिबार एक केजी चिनी ६० रूपैयाँमै पाइने भएको हो । स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाले सञ्चालनमा ल्याएको स्वरोजगार भवानी सहकारी सुपथ मूल्यको पसलमा शनिबार दुई हजार रूपैयाँसम्म सामान खरिद गर्ने ग्राहकले एक केजी चिनी ६० रूपैयाँमै प्राप्त गर्ने संस्थाका अध्यक्ष केशव बस्नेतले बताए।
अहिले बजारमा एक केजी चिनीको मूल्य १२० रूपैयाँ पर्ने भएपनि आफूहरूले ग्राहकको सुविधालाई ध्यानमा राखेर एक केजी चिनी ६० रूपैयाँमै प्रदान गरिने संस्थाका अध्यक्ष बस्नेतले बताए।
ग्राहकलाई सरल मूल्यमा सामान उपलब्ध गराउन स्वरोजगार भवानी सहकारी सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको बताउँदै उनले यसकार्यले ग्राहकलाई झनै फाइदा हुने जनाए। आफूहरूले गरेको कार्यबाट भरपूर फाइदा लिन उपभोक्तालाई आग्रह गर्दै उनले प्रत्येक शनिबार स्वरोजगार भवानी सहकारी सुपथ मूल्यको पसलबाट सामान खरिद गरी ६० रूपैयाँमै एक केजी चिनी प्राप्त गर्न सबैलाई आह्वान गरे।