बिर्तामोड । प्रथम कोशी प्रदेश खेलकुद महोत्सव अन्तर्गत कराते प्रतियोगिताको लागि  झापा जिल्लाबाट  १३ जना खेलाडी छनौट भएका छन् ।

कोशी प्रदेश खेलकुद बिकाश बोर्डको आयोजनामा प्रथम कोशी प्रदेश खेलकुद महोत्सव अन्तर्गत फाल्गुन १६ र१७ गते हुने कराते प्रतियोगिताको लागि झापाको मेचीनगर –१३ चारआलीस्थित त्रिदेव बहुमुखी क्याम्पसमा भएको झापा जिल्ला छनौट प्रतियोगितामा ३५ केजीदेखि ६५ केजीभन्दा माथी तौल समूहमा पुरुषतर्फ ७ जना र ३५ केजीदेखि ५५ केजीभन्दा माथी तौल समूहमा महिलातर्फ ६ जना खेलाडी छनौट भएको नेपाल कराते महासंघका केन्द्रीय सदस्य मिलनराज प्रसाईंले बताए ।

झापाका १५ वटै पालिकाबाट सहभागी खेलाडीहरुमध्ये झापा जिल्ला छनौट प्रतियोगितामा ३५ केजीदेखि ६५ केजीभन्दा माथी तौल समूहमा पुरुषतर्फ ३५ केजी तौल समूहमा सुरज मगर, ४० केजी तौल समूहमा इशाक राई, ४५ केजी तौल समूहमा निकेश कार्की, ५० केजी तौल समूहमा पुष्पल रामदान, ५५ केजी तौल समूहमा आर्यन दाहाल, ६० केजी तौल समूहमा सन्देश मगर, र एकल कातातर्फ प्रयास लावती प्रथम भएर प्रथम कोशी प्रदेश खेलकुद महोत्सव अन्तर्गत कराते प्रतियोगिताको लागि  झापा जिल्लाबाट छनौट भएको उनले बताए । 

त्यसैगरी झापाका १५ वटै पालिकाबाट सहभागी खेलाडीहरुमध्ये झापा जिल्ला छनौट प्रतियोगितामा ३५ केजीदेखि ५५ केजीभन्दा माथी तौल समूहमा महिलातर्फ ३५ केजी तौल समूहमा आनन्दी लिम्बू , ४० केजी तौल समूहमा पूर्णिमा मुर्मू , ४५ केजी तौल समूहमा अर्पना मगर् , ५० केजी तौल समूहमा मनिषा ढुंगाना , ५५ केजी तौल समूहमा समिक्षा लाप्चा,  र एकल कातातर्फ रचना साउदेन प्रथम भएर प्रथम कोशी प्रदेश खेलकुद महोत्सव अन्तर्गत कराते प्रतियोगिताको लागि  झापा जिल्लाबाट छनौट भएको उनले बताए । कराते प्रतियोगिताको लागि  झापा जिल्लाबाट प्रथम भएर छनौट भएका खेलाडीहरुले प्रथम कोशी प्रदेश खेलकुद महोत्सव अन्तर्गत कराते प्रतियोगितामा प्रतिष्पर्धा गर्ने उनले जानकारी दिए ।

प्रथम कोशी प्रदेश खेलकुद महोत्सव अन्तर्गत कराते प्रतियोगिताको लागि  झापा जिल्लाबाट छनौट भएका खेलाडीहरुसंगै टीम कोचको रुपमा राखेपका कराते प्रशिक्षक वद्री विष्ट र टीम म्यानेजरको रुपमा करातेका स्वयम्सेवक प्रशिक्षक राजेन्द्र कार्कीसमेतको सहभागिता रहने उनको भनाई छ । 

झापा जिल्ला खेलकुद विकास समितिको आयोजनामा कराते प्रतियोगिताको लागि झापा जिल्ला छनौट प्रतियोगिता भएको थियो । कराते प्रतियोगिताका संयोजक बरिष्ठ कराते प्रशिक्षक कालु मेचेको अध्यक्षता तथा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी प्रशान्तको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि भण्डारीले खेलाडीहरुलाई सफलताको शुभकामना दिँदै प्रथम कोशी प्रदेश खेलकुद महोत्सव अन्तर्गत कराते प्रतियोगिताको लागि  झापा जिल्लाबाट भाग लिएर स्वर्ण पदक प्राप्त गर्ने खेलाडीलाई झापा जिल्ला खेलकुद विकास समितिले सम्मान गर्ने बताए ।

कार्यक्रममा सहभागी झापा जिल्ला खेलकुद विकास समितिका सदस्य सीएम खनाल, त्रिदेव बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख गोपीकृष्ण भट्टराई, करातेका पूर्व प्रमुख प्रशिक्षक मदनकुमार उप्रेती, नेपाल कराते महासंघका केन्द्रीय सदस्य मिलनराज प्रसाईं, करातेका पूर्व राष्ट्रिय खेलाडी तथा झापा जिल्ला हाप्किडो संघका अध्यक्ष फूर्वा लामा, बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौलालगायतले खेलाडीहरुलाई शुभकामना दिएका थिए ।

 कराते  प्रशिक्षक  मीना पाठक उप्रेतीले रेफ्री  संयोजन गरेको कार्यक्रमको सञ्चालन राखेपका कराते प्रशिक्षक वद्री विष्टले गरेका थिए ।