बिर्तामोड । झापा जिल्ला गुरुकुलस्तरीय प्रतियोगितात्मक शुक्ल यजुर्वेदीय रिचावाचनमा ओमकारेश्वर गुरुकुलका धनञ्जय दाहाल प्रथम भएका छन् । 

वैयाकरण अध्यापक गुरु परमानन्द घिमिरेको आठौँ स्मृति दिवसको अवसरमा पूर्व विद्यार्थी मञ्च शंकराचार्य पीठ श्री वेद वेदाङ्ग संस्कृत पाठशाला साधुटार अर्जुनधारा १ झापाले आयोजना गरेको  गुरु भण्डारा एवं झापा जिल्ला गुरुकुल स्तरीय प्रतियोगितात्मक शुक्ल यजुर्वेदीय रिचावाचन कार्यक्रममा दाहाल प्रथम भएका हुन्। 

 झापा जिल्लाभरिका १७ वटा गुरुकुलका वटुकहरुले भाग लिएको झापा जिल्ला गुरुकुलस्तरीय प्रतियोगितात्मक शुक्ल यजुर्वेदीय रिचावाचनमा सप्तऋषि संस्कृत गुरुकुलका दिवाकर सुवेदी द्वितिय भए भने  अर्जुनधारा जलेश्वरधाम गुरुकुलका युनिक खतिवडा तृतीय भए । 

पूर्व विद्यार्थी मञ्च शंकराचार्य पीठ श्री वेद वेदाङ्ग संस्कृत पाठशाला साधुटारका उपाध्यक्ष छविराज रेग्मीको अध्यक्षता तथा साङ्गवेद संस्कृत माध्यमिक विद्यालय चारपाने झापाका अध्यक्ष पंडित छन्दुराम भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मञ्चका सदस्य राजेन्द्र रिजालले स्वागत गरेका थिए । 

 कार्यक्रममा प्रमुख अतिथि छन्दुराम भण्डारीले गुरुप्रतिको आस्था गुरुप्रतिको आस्था यसरी नै प्रगाड हुनुपर्ने बताउँदै आफूले  परमानन्द गुरुदेवसँग साथमा रहेर पढाउने अवसर प्राप्त गरेको बताए । आफ्नो गुरुप्रति गहिरो सम्बन्ध रहेको बताउँदै गुरुप्रति श्रद्धा सुमन अर्पण गरेका थिए । 

कार्यक्रमका विशिष्ट अतिथि शारदा विद्यापीठ महेन्द्रनगरका सहप्राध्यापक हरिप्रसाद खतिवडाले पश्चिममा यस्तो खालको कार्यक्रम नभएको बताउँदै पूर्व विद्यार्थी मञ्च शंकराचार्य पीठ श्री वेद वेदाङ्ग संस्कृत पाठशाला साधुटारले गरेको कार्यक्रम अहिलेसम्मकै सबैभन्दा राम्रो कार्यक्रम भएको बताए ।

त्यस्तै पंडित सोमनाथ गौतमले पूर्व विद्यार्थी मञ्च शंकराचार्य पीठ श्री वेद वेदाङ्ग संस्कृत पाठशाला साधुटारले  गरेको कार्यक्रम उत्कृष्ट रहेको बताउँदै अरु पुस्तामा पनि यो हस्तान्तरण गरी यसलाई  जीवन्त बनाउनुपर्ने जनाए। 

सप्तऋषि संस्कृत गुरुकुलमा भएको  कार्यक्रममा वैयाकरण अध्यापक गुरु परमानन्द घिमिरेको आठौँ स्मृति दिवसको अवसरमा विशेष गुरु भण्डारामा एक सय भन्दा वढी गुरु तथा बटुकहरुले सहभागिता जनाएका थिए ।

झापा जिल्ला गुरुकुलस्तरीय प्रतियोगितात्मक शुक्ल यजुर्वेदीय रिचावाचनमा बिजेतालाई पुरस्कार प्रदान गरिएको थियो भने अन्य सबै प्रतिस्पर्धीहरूलाई प्रमाणपत्र र आवतजावत भाडा समेत प्रदान गरिएको थियो ।

पूर्व विद्यार्थी मञ्च शंकराचार्य पीठ श्री वेद वेदाङ्ग संस्कृत पाठशाला साधुटारका कोषाध्यक्ष चिरञ्जीवी ढुङ्गाना र लीलाधर खतिवडाले व्यवस्थापन विभाग सम्हालेको कार्यक्रमको सञ्चालन पूर्व विद्यार्थी मञ्च शंकराचार्य पीठ श्री वेद वेदाङ्ग संस्कृत पाठशाला साधुटारका सचिव शताक्षी गुरुकुलमका प्राचार्य मदनमोहन अधिकारीले गरेका थिए ।