बिर्तामोड। पराजुली समाज नेपाल झापा जिल्ला कार्यसमितिको आयोजनामा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ गरिने भएको छ।
समाजका अध्यक्ष गणेशप्रसाद पराजुलीको अध्यक्षता तथा केन्द्रीय सदस्य काशीनाथ पराजुलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा समाजका  सदस्य  टंक पराजुलीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा समाजका अध्यक्ष गणेशप्रसाद पराजुलीले  आगामी चैत्र २१ गतेदेखी चैत्र २७ गतेसम्म पराजुली भवन कनकाई ४ कोटीहोममा महायज्ञ सञ्चालन गरिने बताए।
मन्दिर सञ्चालनार्थ अक्षयकोष स्थापनाका लागी सञ्चालन गरिने महायज्ञको प्रमुख बाचकत्व आचार्य पारसमणि पराजुली र पाठपारायण पण्डित दीपक गौतमको रहने उनले बताए।
सम्पूर्ण पराजुली वन्धुहरूबिचको भावात्मक सम्बन्ध कायम राख्दै कौडिन्य गोत्रीय समस्त पितृहरूको उद्दार तथा समस्त सन्ततीहरुको कल्याणार्थ एवम् विन्ध्यवासिनी मन्दिरको अक्षयकोष सञ्चालनार्थ महायज्ञ हुने उनले बताए।
  समाजको भवन निर्माण गर्न २०७० सालमा पहिलो पुराण लगाएको बताउँदै उनले अहिले विन्ध्यवासिनी मन्दिरको अक्षयकोष स्थापनाको लागि यसपटक पुराण लगाउनुपरेको जनाए।
कार्यक्रम केन्द्रीय सदस्य काशीनाथ पराजुलीले  आफ्नो भवन नहुंदा पहिले अरूकै बन्धुको भवनमा महायज्ञ आयोजना गर्नुपर्ने वाध्यता भएपनि अहिले आफ्नै भवनमा महायज्ञ आयोजना गर्न पाउँदा खुशी लागेको बताए।
सोही कार्यक्रममा पराजुली वन्धुहरूको २०८२ सालको क्यालेन्डर समेत बिमोचन गरिएको थियो।
पराजुली समाजका  बिर्ता अर्जुन नगर समितिका अध्यक्ष खेमप्रसाद पराजुलीले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा जिल्ला र नगरका पराजुली वन्धुहरूको सहभागिता रहेको थियो।  
नोभा फाउण्डेसन बिर्तामोडमा भएको कार्यक्रमको सहजीकरण समाजका बिर्ता अर्जुन नगर समितिका सल्लाहकार प्रकाश पराजुलीले गरेका थिए।