बिर्तामोड।  मेची तेक्वान्दो डोजाङको आयोजनामा प्रथम फिट स्टुडीयो अन्तर प्रदेश अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता बिर्तामोडमा शुरू भएको छ।
मेची तेक्वान्दो डोजाङका प्रमुख दीपेन धिमालको अध्यक्षता तथा संविधान सभा सदस्य सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल तेक्वान्दो संघ कोशी प्रदेश उपाध्यक्ष विनोद बस्नेतले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा मेची तेक्वान्दो डोजाङका खेलाडीले स्वागत प्रस्तुतीद्वारा सहभागीलाई मन्त्रमुग्ध बनाएका थिए।
कार्यक्रममा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, बिर्तामोड नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा तेक्वान्दोका सल्लाहकार टार्जन सुव्वा, बिजय न्यौपाने, कर्ण दाहाल, शुशिल बुढाथोकी, प्रकाश आलेलगायतलाई सम्मान गरिएको थियो।
कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशब भट्टराईले गरेका थिए।
शनिबारसम्म सञ्चालन हुने प्रथम फिट स्टुडीयो अन्तर प्रदेश अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा विभिन्न तौल समूहका खेल हुने मेची तेक्वान्दो डोजाङका प्रमुख दीपेन धिमालले जानकारी दिए।