बिर्तामोड। संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालले राजसंस्था अपरिहार्य भएको बताएका छन् ।
बिर्तामोडमा पत्रकारहरूसंग कुरा गर्दै उनले राजसंस्थाको पुनर्स्थापनाका लागी संयुक्त जनआन्दोलन समितिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा संयुक्त जनआन्दोलन समिति गठन गर्ने कार्य गरीरहेको बताए।
झापामा राजसंस्थाको पुनर्स्थापनाका लागी संयुक्त जनआन्दोलन समिति गठन गर्नका लागी पूर्व मन्त्री टेकनारायण राजवंशीको अध्यक्षतामा आयोजक समिति गठन गरिएको बताउँदै उनले सबैको प्रतिनिधित्व हुने गरी चांडै यस समिति गठन गरेर संयुक्त जनआन्दोलनलाई प्रचारप्रसार गरिने जनाए।
अहिलेसम्म संयुक्त जनआन्दोलन शुरू नै नभएको बताउँदै उनले सबैकार्यको तयारी पूरा गरेर संयुक्त जनआन्दोलन शुरू गरिने जनाए।
अबको आन्दोलनको नेतृत्व जनताले नै गर्ने बताउँदै उनले अबको आन्दोलनमा घुसपैठ हुन नदिने जनाए।
अबको आन्दोलनले जनताको फैसला गर्ने उनको भनाई छ।
उनले देशलाई दलहरूको दासबाट मुक्त गराउन राजसंस्था अपरिहार्य भएको बताए।
राजाले जनताको नासोको रूपमा राजसंस्था दलहरूलाई बुझाएको बताउँदै उनले दलहरूको निरंकुशता बढ्दै गएकाले जनताले राजसंस्था र राजाको आवश्यकता खोजेको जनाए।
झापा क्षेत्र २ जनप्रतिनिधि विहीन भएकाले आफू प्रतिपक्ष सांसदको भूमिकामा रहेको उनले बताएका छन्।