बिर्तामोड। साहित्य चौतारी बिर्तामोड झापा नेपालले कनकाई मावि सुरूङ्गामा अक्षयकोष सञ्चालनार्थ  ५ लाख ५५ हजार ५ सय ५५ रूपैयाँ प्रदान गरेको छ ।       साहित्य चौतारी बिर्तामोड झापा नेपालका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले आफ्नो ब्यवसायिक क्षेत्रको प्रथम मार्गदर्शक  भिनाजु हर्कबहादुर प्रधान र ज्वाँइ लोकबहादुर पौडेलको स्मृतिलाई जीवन्त राख्न कनकाई मावि सुरूङ्गामा  ५ लाख ५५ हजार ५ सय ५५ रूपैयाँको हर्क _ लोक स्मृति साहित्य चौतारी प्रतिभा पुरस्कारको अक्षयकोषका लागी रकम हस्तान्तरण गरेको बताए ।
  उनले अक्षयकोषको व्याजबाट   विद्यालयको बार्षिकोत्सवमा विभिन्न विधाका प्रतिभाहरूलाई पुरस्कार प्रदान गरिने बताए ।
  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद प्रसाईंको अध्यक्षता तथा वरिष्ठ समालोचक जीवनाथ सुवेदीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कनकाई माविका प्रधानाध्यापक कर्णबहादुर डाँगीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा साहित्य चौतारी बिर्तामोड झापा नेपालका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठ, दिदी मुनादेवी श्रेष्ठ प्रधान, बहिनी रेनुका श्रेष्ठ पौडेललगायतले हर्क _ लोक स्मृति साहित्य चौतारी प्रतिभा पुरस्कारको अक्षयकोषका लागी कनकाई माविका प्रधानाध्यापक कर्णबहादुर डाँगी, सहायक प्रधानाध्यापक तीर्थराज खरेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद प्रसाईंलगायतलाई  उक्त रकम हस्तान्तरण गरेका थिए ।
  कार्यक्रममा कनकाई ३ का वडाध्यक्ष युवराज चम्लागाई, शनिश्चरे बहुमुखी क्याम्पसका प्रमुख मोहनप्रसाद ओली, विद्यालयका सल्लाहकार संयोजक जनार्दन उप्रेती, अक्षयकोषदाताको तर्फबाट  मुनादेवी श्रेष्ठ प्रधानले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
उनीहरुले पितृहरूको नाममा अक्षयकोष
स्थापना गरेर पितृहरूलाई जीवन्तता राखेकोमा साहित्य चौतारीलाई धन्यवाद दिएका थिए।
कार्यक्रममा  साहित्य चौतारी बिर्तामोड झापा नेपालका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठ, उपाध्यक्ष हिम्मत नेम्बाङ, सचिव तुलसीप्रसाद निरौला, कोषाध्यक्ष भवानीप्रसाद गौतम, सह कोषाध्यक्ष कृष्णकुमार श्रेष्ठ, सदस्यहरू मीना अधिकारी, एनबि दाहाल नविन, सल्लाहकार अनिरूद्र ओली, कानूनी सल्लाहाकार कृष्ण पौडेललगायतले स्वागत गीत प्रस्तुत गरेका थिए  ।
  कार्यक्रममा साहित्य चौतारी बिर्तामोड झापा नेपालकी  कार्यसमिति सदस्य मीना अधिकारीले कविता प्रस्तुत गरेकी थिइन् भने अक्षयकोषदाता  मुनादेवी श्रेष्ठ प्रधानले कनकाई माईको भजन प्रस्तुत गरेकी थिइन्।
कार्यक्रममा  कनकाई माविका प्रधानाध्यापक कर्णबहादुर डाँगीलाई साहित्य चौतारी बिर्तामोड झापा नेपालका सचिव तुलसीप्रसाद निरौला बिर्ताज्योति साप्ताहिक पत्रिका , सदस्य मीना अधिकारी, एनवि दाहाल नविनले पुस्तक प्रदान गरेका थिए ।
कार्यक्रममा नेपाल फिल्म सोसाइटी कोशी प्रदेशका अध्यक्ष देवीभक्त श्रेष्ठ , प्रथम उपाध्यक्ष दिनेशराज शर्मा, द्वितिय उपाध्यक्ष हिम्मत नेम्बाङ, सचिव याम खरेल, सहसचिव तुलसीप्रसाद निरौला , सल्लाहकार संयोजक  अनिरूद्र ओली, सल्लाहकार  कृष्ण पौडेल, जीवनाथ सुवेदी, अक्षयकोषदाता परिवारका सन्तोष श्रेष्ठसहितका पदाधिकारीको सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन कनकाई माविका सहायक प्रधानाध्यापक तीर्थराज खरेलले गरेका थिए।