बिर्तामोड। झापाको बिर्तामोडमा बुधबारबाट "साङ्केन क्रिएसन" सञ्चालनमा आएको छ।
   युवा व्यवसायी गौरीमान राईले बिर्तामोडको हिकोलारोडमा रहेको षोडसी भवनमा  साङ्केन क्रिएसन" सञ्चालनमा ल्याएका हुन्।
विगत १० वर्षदेखी काठमाडौंबाट सेवा दिइरहेको "साङ्केन क्रिएसन" बुधबारबाट  बिर्तामोडमा सञ्चालनमा ल्याएको उनले बताए।
  "साङ्केन क्रिएसन" बाट  किराँती पहिचान झल्कने सम्पूर्ण भेषभुषा, गरगहना, बाजागाजा तथा खाद्यान्न लगायतका सामाग्री सुपथ मूल्यमा बिक्री गरिने उनले बताए।
  अनलाइन अर्डर तथा डेलिभरी समेत गरिने उनको भनाई छ।
उद्घाटनको अवसरमा सम्पुर्ण सामाग्री खरिद गर्दा विशेष छुटको व्यवस्था गरिएकोले मौकाको फाइदा लिन उनले सबैलाई आग्रह समेत गरेका छन्। उनले किराँत समूदायको मात्र नभएर लिम्बू समुदायको पनि भेषभुषा र गरगहना समेत उपलब्ध हुने उनले बताए।
पिता शेरबहादुर राईको अध्यक्षता तथा
बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी न्यौपानेले किराँती पहिचान झल्कने सम्पूर्ण भेषभुषा, गरगहना, बाजागाजा तथा खाद्यान्न लगायतका सामाग्रीसहितको पसल सञ्चालनमा ल्याएकोमा खुशी व्यक्त गरे।
किराँत राई यायोक्खा झापाका अध्यक्ष गणेश राईले  किराँत राईको धार्मिक, सांस्कृतिक पहिचान जोगाउन यो पसल सफल हुने बताए।
कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका उपाध्यक्ष जीवनकुमार खड्का , हिकोला रोड व्यवसायी समितिका अध्यक्ष मनोज रौनियार,  किराँत याक्थुङ चुम्लुङका  सचिव भिममाया नेम्बाङ र धार्मिक अभियन्ता सरिता लिङ्देनले व्यवसायिक सफलताको शुभकामना दिएका थिए।
कार्यक्रमको सञ्चालन गौरीमान राईले गरेका थिए।