बिर्तामोड। झापा बिर्तामोड ६ निवासी किरण ठटालले आफ्नो जन्मदिन फरक तरिकाले मनाएका छन् ।
बिर्तामोड ६ सुगम शान्तीटोलमा आफ्नो व्यवसाय सञ्चालन गर्दै आएका उनले बिर्तामोड ४ मा रहेको परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित हाम्रो साझा घर बृद्धाश्रममा जन्मदिन मनाएका हुन्।
उनले बृद्धाश्रममा रहेका ३९ वृद्धवृद्धालाई एक छाक खाना खुवाएर आफ्नो जन्मदिन मनाएका हुन्।
जन्मदिनको नाममा फजुल खर्च गर्ने प्रवृत्तिले समाजमा विकृति वढेको वताउंदै ठटालले यस्तो कार्यले आफूलाई आनन्द आउने बताए।
कार्यक्रममा सहभागी निर्मला आचार्य र कुशुम पौडेलले जन्मदिनको नाममा गरिने फजुल खर्चले सामाजिक कार्य गरेकोमा खुशी व्यक्त गरे।
उनीहरुले ठटालले गरेको जस्तो सामाजिक कार्य अरूहरूका लागी समेत प्रेरणादायी हुने बताउँदै सबैले त्यसको अनुशरण गर्नुपर्ने जनाए।
बिर्तामोड ४ मा रहेको परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित हाम्रो साझा घर बृद्धाश्रममा नेपालका बिभिन्न स्थानबाट आएका वृद्धवृद्धा र कर्मचारी गरी ४५ जना रहेको व्यवस्थापक वेणुप्रसाद भट्टराईले जानकारी दिए।