बिर्तामोड । वीरता लेडी जेसीजले माई नगरपालिका –६ इलाम स्थित दीपज्योति आधारभूत विद्यालयका विद्यार्थीहरुलाई पोषाक वितरण गरेको छ ।
बिर्तामोडस्थित श्रेष्ठ ज्वेलरीको प्रायोजनमा    उक्त विद्यालयमा अध्ययनरत ३५ जना विद्यार्थीहरुलाई स्कूल पोषाक वितरण गरिएको वीरता लेडी जेसीजका अध्यक्ष निशा शाक्यले बताइन् ।
व्यक्तित्व तथा नेतृत्व विकास संगै सामाजिक उत्तरदायित्वमा सदैव अग्रसर रहदै वीरता लेडी जेसीज २०२५ बाट शिक्षाको क्षेत्रमा सेवा गर्ने उद्देश्यले लङट्रम प्रोजेक्ट अन्तर्गत उक्त कार्यक्रम गरिएको अध्यक्ष श्रेष्ठले बताइन् ।

उनले  लङट्रम प्रोजेक्ट अन्तर्गत उक्त कार्यक्रम गरिएको र यसलाई दीर्घकालीनरुपमा प्रत्येक वर्ष नितान्त शिक्षाको क्षेत्रमा निरन्तरता दिइने प्रतिबद्धता जनाइन् ।

वीरता लेडी जेसीजकी अध्यक्ष शाक्यको अध्यक्षता तथा श्रेष्ठ ज्वेलरीका सञ्चालक तथा नेवाः देय दबुः कोशी प्रदेशका पूर्व अध्यक्ष इन्द्रबहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक संस्थाकी कार्यकारिणी उपाध्यक्ष चन्द्रकला रिजालले स्वागत गरेकी थिइन् ।
तारा रिजालले आस्थावाचन, अस्मिता राई कुरुम्बाङले मिसन भिजन वाचन गरेको कार्यक्रमको औचित्यमाथि पूर्व अध्यक्ष संगीता गिरीले प्रकाश पारेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल, दीपज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक तीर्थराज भारती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा श्रेष्ठ ज्वेलरीका प्रोपाइटर नारायण श्रेष्ठले वीरता लेडी जेसीजले गरेको कार्यबाट आफू प्रभावित भएर पोसाक बितरण कार्यक्रममा सहयोग गरेको बताए ।

कार्यक्रमको सञ्चालन महासचिव प्रभा रायाले गरेकी थिइन् ।