बिर्तामोड । वीरता जुनियर जेसीजको आयोजनामा "जुनियर जेसिज गट ट्यालेन्ट फ्रीडम फिस्टा २०८२ "  सम्पन्न भएको छ।
वीरता जुनियर जेसीजका अध्यक्ष अस्मित गोसाईको अध्यक्षता तथा मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कृष्चल कडरियाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा आस्था वाचन सुप्रिना संग्रौलाले र स्वयम खड्काले मिसन भिजन बाचन गरेका थिए।
वीरता जेसीजका कोषाध्यक्ष तथा जुनियर जेसीज कोअर्डीनेटर लोकचन्द्र श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा वीरता
जुनियर जेसीजको टिसर्ट सार्वजनिक गरिएको  थियो।
कार्यक्रममा वीरता जेसीजका पूर्व अध्यक्ष तथा  नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष घनश्याम चौधरीलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
बिर्तामोडस्थित चिरायु रिसोर्टमा भएको कार्यक्रम अन्तर्गत प्रतियोगितात्मक गायन, नृत्य, कविता, स्ट्यान्ड–अप कमेडी लगायत भएको थियो ।
सोही कार्यक्रममा  नेपाल जुनियर जेसीज क्षेत्र क मल्टीच्याप्टर ओरेटरी प्रतियोगिता समेत रहेको थियो।
गायन, नृत्य, कविता प्रतियोगिता अन्तर्गत गायनको निर्णायकमा जोनी योञ्जन तामाङ, नृत्यको निर्णायकमा विजय लिम्बू, कविताको निर्णायकमा लीला अनमोल र रोहन पोखरेल रहेका थिए ।
त्यस्तै नेपाल जुनियर जेसीज क्षेत्र क मल्टीच्याप्टर ओरेटरी प्रतियोगिताको निर्णायकमा क्षितिज प्रसाई र प्रमिला बजगाईं रहेका थिए।
कक्षा ११ र १२ का २५ जना भन्दाबढी  विद्यार्थीले प्रतियोगितामा भाग लिएका थिए।
प्रतियोगितामा  सफल हुने टप ३ लाई जुनियर जेसीजको ट्रफी र पहिलो विजेतालाई पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । 

ब्रिज इन्टरनेशनल बिर्तामोडले प्रायोजन
गरेको  कार्यक्रमको सञ्चालन सदिक्षा खरेल र विनिता आचार्यले गरेका थिए।