बिर्तामोड। झापाको बिर्तामोड ५ स्थित न्युटन्स एजुकेसन एकेडेमीको आयोजनामा तीन दिवसीय जीवनोपयोगी तथा प्रेरणादायी कार्यक्रम शुरू भएको छ।
न्युटन्स एजुकेसन एकेडेमीका अभिभावक तथा शिक्षकहरूलाई तीन दिनसम्म मनोपरामर्शदाता तथा उत्प्रेरक वक्ता ईश्वर श्रेष्ठले प्रशिक्षण प्रदान गर्ने भएका छन् ।
न्युटन्स एजुकेसन एकेडेमीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा न्युटन्स एजुकेसन एकेडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाईले स्वागतसहित औचित्यमाथी प्रकाश पारेका थिए।
उनले कक्षा नर्सरीदेखि कक्षा १० सम्मका अभिभावकहरूलाई विद्यार्थीको शिक्षाका लागी अभिभावकले खेल्नुपर्ने भूमिकाको बारेमा जानकारी गराउन तालिम प्रदान गरेको जानकारी दिए। उनले बिहीबार कक्षा नर्सरीदेखि कक्षा ५ सम्मका बिद्यार्थीका अभिभावक, शुक्रवार कक्षा ६ देखि कक्षा १० सम्मका बिद्यार्थीका अभिभावक र शनिबार शिक्षकहरूलाई तालिम प्रदान गरिने जानकारी दिए।
कार्यक्रममा प्याब्सन झापाका बरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठक, बिर्तामोड ५ का वडाध्यक्ष रोहित प्रसाईंलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमको सञ्चालन साहित्यकार लीला अनमोलले गरेकी थिइन्।