बिर्तामोड। उच्च शिक्षा अध्ययनका लागी अष्ट्रेलिया, न्यूजरल्याण्ड,युके, युएसए, क्यानडा लगायतका देशमा जान चाहने विद्यार्थीलाई लक्षित गर्दै झापाको बिर्तामोडमा काठमाडौं इन्फोसिस एजुकेशनल कन्सल्टेन्सी (KIEC) को शाखा सञ्चालनमा आउने भएको छ।
शैक्षिक क्षेत्रमा क्रियाशिल झापाली युवा आलोक कार्की, सुशील भण्डारी, प्रितम उप्रेती, सुमन श्रेष्ठ र विवेक नेपालको संयुक्त लगानीमा बिर्तामोडमा आइतबारदेखि काठमाडौं इन्फोसिस एजुकेशनल कन्सल्टेन्सी (KIEC) को झापाको बिर्तामोड १६ औं शाखा सञ्चालनमा आउन लागेको हो ।
जेठ २५ गते आइतबारदेखि बिर्तामोडको भद्रपुररोडमा काठमाडौं इन्फोसिस एजुकेशनल कन्सल्टेन्सी (KIEC) को शाखा सञ्चालनमा आउने र कन्सल्टेन्सीको काठमाडौंस्थित केन्द्रीय कार्यालयले सोही दिन ‘केआइईसी रोड शो’ (शैक्षिक मेला) को समेत आयोजना गरिएको सञ्चालक आलोक कार्कीले जानकारी दिए।
बिर्तामोडमा पहिलो पटक ‘केआइईसी रोड शो’ (शैक्षिक मेला) को आयोजना गरिएको बताउँदै उनले पाँच देशका १२ वटा युनिर्भसिटिका विज्ञहरुले रोड शो मा सहभागी विद्यार्थी र अभिभावकलाई शैक्षिक परामर्श प्रदान गर्ने जानकारी दिए ।रोड शोमा अस्ट्रेलिया , क्यानाडा, यूके, यूएसए र न्यूजिल्याण्डका ख्यातिप्राप्त १२ युनिभर्सिटीका प्रतिनिधिको छुट्टाछुट्टै स्टल हुने र ती सबै स्टलमा गएर विद्यार्थीले निःशुल्क परामर्श लिन सक्ने उनले बताए । आफूहरूले भन्दा कलेजकै प्रतिनिधिले वास्तविक कुरा विद्यार्थीलाई अझ राम्ररी बुझाउन सक्ने भएकाले रोड सो मा आउने विद्यार्थीले आर्थिक, पारिवारिक अवस्था, पढ्न चाहने विषय र कलेजका बारेमा कलेजका प्रतिनिधिहरुसँग राम्ररी बुझ्न सक्ने उनले बताए ।
केआइईसी रोड शोको अवसरमा आउने विद्यार्थीलाई विशेष छात्रवृत्ति प्रदान गरिने कन्सल्टेन्सीका प्रबन्धक सुशील भण्डारीले बताए ।
रोड शोमा केआईईसीका प्रबन्ध निर्देशक राजेन्द्र रिजाललगायतको सहभागिता रहने उनले बताए ।
काठमाडौंस्थित पुतलीसडकमा मुख्य कार्यालय रहेको केआईईसीको कोशी प्रदेशको बिराटनगर र इटहरीमा शाखा कार्यालय रहेको अर्का सञ्चालक प्रितम उप्रेतीले बताए।
अष्ट्रेलिया, बंगलादेश र यूकेमा कार्यालय रहेको केआइईसीको नेपालमा १९ वर्षदेखि सेवा प्रदान गर्दै आएको अर्का सञ्चालक विवेक नेपालले जानकारी दिए । केआइईसी
कन्सल्टेन्सीले हरेक वर्ष पाँच हजारको हाराहारीमा नेपाली विद्यार्थीलाई विदेश अध्ययनका लागि पठाउने गरेको सञ्चालक कार्कीले बताए ।
बिर्तामोडमा सञ्चालनमा आउन लागेको केआइईसी कन्सलटेन्सीले विदेश जाने विद्यार्थीलाई काउन्सिलिङ सहित आयल्सका तयारी कक्षा, डकुमेन्टेशन र जान लागेको देशका विषयमा परामर्श दिने उनले बताए।
व्यवसाय गर्दा पैसा कमाउने पाटो जुनसुकै व्यावसायिक संस्थामा हुने भए पनि व्यवसायसँगै उत्कृष्ट सेवा केआइईसीको पहिलो उद्देश्य र शर्त रहेको बताउँदै कार्कीले केआइईसीमार्फत् अध्ययनका लागि गएका विद्यार्थीले राम्रो सफलता समेत हात पारेको जनाए। उनले एकपटक काठमाडौं इन्फोसिस एजुकेशनल कन्सल्टेन्सी (KIEC) को बिर्तामोड शाखा आएर सेवा लिन सबैलाई आग्रह समेत गरेका छन्।