बिर्तामोड। झापाको बिर्तामोड १  पञ्चकन्या टोलमा यस डान्स स्टुडियो एकाडेमी सञ्चालनमा  आएको छ।
बिर्तामोड निवासी नृत्य निर्देशक सुवोध रसाइलीले यस डान्स स्टुडियो एकाडेमी सञ्चालनमा ल्याएका हुन्।
सवै उमेर समूहलाई बिभिन्न प्रकारका नृत्य सिकाउने उद्देश्यले यस डान्स स्टुडियो एकाडेमी सञ्चालनमा ल्याएको सञ्चालक सुवोध रसाइलीले बताए।
यस डान्स स्टुडियो एकाडेमीमा नृत्य प्रशिक्षक बिनोद राजबंशी र नृत्य प्रशिक्षक अञ्जली माझीलगायतले सांस्कृतिक, आधुनिक, हिपहप, शास्त्रीयलगायतका नृत्य  तथा जुम्बा सिकाउने उनले बताए।
त्यस्तै यस डान्स स्टुडियो एकाडेमीमा बिभिन्न जातजातिका भेषभुषा, आधुनिक पोशाक, गरगहनालगायत उपलब्ध गराउने उनको भनाई छ।
यस डान्स स्टुडियो एकाडेमीका सञ्चालक सुवोध रसाइलीको अध्यक्षता तथा पूर्वाञ्चल कलाकार समाजका अध्यक्ष बरिष्ठ संगीत प्रशिक्षक कृष्ण योञ्जनको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो। 
  कार्यक्रममा नृत्य निर्देशक संघ कोशी प्रदेश उपाध्यक्ष विमल नेपाल,  नृत्य कलाकार संघ झापाका सल्लाहकार राज सुव्वा लावती, नृत्य निर्देशक अजय चौधरी, बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौला, पञ्चकन्या टोलका उपाध्यक्ष लक्ष्मी तिम्सिनालगायतले सफलताको शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन नृत्य प्रशिक्षक अञ्जली माझीले गरेकी थिइन्।