बिर्तामोड । सप्तक संगीत विद्यालय बिर्तामोडले साहित्यकार, गायक एवम् संगीतकार गणेश रसिकको स्मृतिमा श्रद्धाञ्जली सभा गरेको छ ।
संस्थाका संस्थापक डाः कुमार सुवेदीको अध्यक्षता भएको कार्यक्रममा संस्थापक सदस्य कृष्ण अधिकारी, अभिभावक राम तिम्सिना, मोहन दर्नाल, ईलाम झापा मैत्री समाजका  महासचिव सागर रिजाल ,  बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौलासहित लगायतको  सहभागिता रहेको थियो  ।
कार्यक्रममा सप्तक संगीत विद्यालयका विद्यार्थीहरुले वरिष्ठ सर्जक गायक तथा संगीतकार गणेश रसिकले रचना र संगीतबद्द गरेको हट्ने होइन डटी लड्ने, रातो भाले क्वाँक क्वाँक, यो नेपाली ठिटो,  प्रसुन गुरागाईले नखेल्नु जुवा र तास , र गायिका कविता शिवाकोटी, आदित्य अधिकारीलगायतले विभिन्न गीतहरु गाएर रसिकप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
कार्यक्रममा वरिष्ठ सर्जक गायक तथा संगीतकार गणेश रसिकका छिमेकी नारायण पौडेलले वरिष्ठ सर्जक गायक तथा संगीतकार गणेश रसिक मिजासिलो स्वभावको व्यक्तित्व भएको बताए।
त्यस्तै ईलाम झापा मैत्री समाजका  उपाध्यक्ष नरेश कर्माचार्यले रसिक ईलामको गहना भएको बताउँदै उनको निधनले स्रष्टाहरूलाई अपुरणीय क्षति भएको जनाए  ।
गत जेठ १८ गते आइतवार ७८ वर्षको उमेरमा साहित्यकार, गायक एवम् संगीतकार गणेश रसिकको ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
कार्यक्रमको सहजीकरण सप्तक संगीत विद्यालयका संस्थापक सरोज वत्सले गरेका थिए।