बिर्तामोड। पाथीभरा ईञ्जीनियरिङ कलेजले सिटीईभिटीबाट सम्बन्धन प्राप्त तीन वर्षे ओभरसियर पढाई शुरू गर्ने भएको छ।
एसईई अध्ययन पछि स्वरोजगारमुलक प्राविधिक शिक्षा लिन चाहने बिद्यार्थीहरुलाई लक्षित गरी पाथीभरा ईञ्जीनियरिङ कलेजले सिटीईभिटीबाट सम्बन्धन प्राप्त तीन वर्षे ओभरसियर पढाई शुरू गर्न लागेको पाथीभरा ईञ्जीनियरिङ कलेजका संस्थापक युवराज प्रसाईले बताए।
उनले एसईई उत्तीर्णपछि प्रवेश परिक्षा समेत नलिकनै तीन वर्षे ओभरसियरमा भर्ना हुन सकिने बताए।
१२ बर्षपछि ईञ्जीनियरिङको पढाई शुरू गरेको पाथीभरा ईञ्जीनियरिङ कलेजले यस वर्षदेखी सिटीईभिटीबाट सम्बन्धन प्राप्त ओभरसियर पढाई शुरू गर्न लागेको उनको भनाई छ।
यो स्वरोजगारमुलक शिक्षा भएकाले यसको अध्ययन गर्दागर्दै रोजगारको ग्यारेन्टी हुने भएकाले अहिले विद्यार्थीको आकर्षण समेत बढेको उनले बताए।
पूर्वमा पाथीभरा ईञ्जीनियरिङ कलेजले मात्र सिटीईभिटीबाट सम्बन्धन प्राप्त ओभरसियर पढाई शुरू गरेको पाथीभरा ईञ्जीनियरिङ कलेजका सिइओ अनुप पराजुलीले बताए।
भर्ना शुल्क पनि सस्तो र छात्रवृत्तिसमेत प्रदान गरिने भएकाले यसमा झापाका विद्यार्थीलाई विशेष प्राथमिकता दिएर बसको व्यवस्था समेत गरेको उनको भनाई छ।