बिर्तामोड। नृत्य कलाकार संघ झापाको अध्यक्षमा दिवस गिरी सर्वसम्मत निर्वाचित भएका छन्।
संस्थाको प्रथम वार्षिक साधारण सभाले गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित समितिको उपाध्यक्ष राजु शेर्मा, सचिव सुरज मगर, सहसचिव अञ्जलि माझी, कोषाध्यक्ष रीना तामाङ रहेका छन्।
त्यस्तै सदस्यहरुमा सुमन राई, नहिम अलि, सुसान्त लिम्बू, दीपा रहपाल, कृष्ण धिमाल, पूजा साम्पाङ राई रहेका छन्।
नयाँ कार्यसमिति गठनका लागि निर्वाचन समितिको संयोजक एलसी श्रेष्ठ र सदस्यहरूमा राज सुव्वा लावती, सुवास लिम्वू रहेका थिए।
कार्यक्रममा उम्मेदवारहरूले ककसमा भाग लिएका थिए। उनीहरुले संस्थाका सदस्यहरूले सोधेको प्रश्नको जवाफ दिएका थिए।
ककसको निर्णायक  संयोजकमा  विर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौला , र सदस्यहरू नृत्य निर्देशक कमला नेम्बाङ,  लक्ष्मी प्रसाईं रहेका थिए।
नृत्य कलाकार संघ झापाका अध्यक्ष दिवस गिरीको अध्यक्षता तथा वरिष्ठ लोक नृत्य खोज अनुसन्धानकर्ता रोचक थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष लक्ष्मी प्रसाईंले स्वागत गरेका थिए।
संस्थाका अध्यक्ष गिरीले औचित्यमाथी प्रकाश पारेको कार्यक्रममा वरिष्ठ नृत्य निर्देशक वालकुमार कटुवाल, सुनिल थापा,  संस्थाका सल्लाहकार सुवास लिम्बू, राज सुव्वा लावती, एलसी श्रेष्ठ, नृत्य निर्देशक कमला नेम्बाङ,  विर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौलालगायतले शुभकामना दिएका थिए।
कार्यक्रममा संस्थाका अध्यक्ष गिरी मार्फत सचिव बुद्धराज गेलालले बार्षिक प्रतिवेदनसहित भावी कार्यक्रमबारे जानकारी गराएका थिए।
कोषाध्यक्ष रिना तामाङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव बुद्धराज गेलालले गरेका थिए।