बिर्तामोड। हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिकोत्सव सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष राजेन्द्र गौतमले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
  संस्थाको १३ बर्षको लोगो सार्वजनिक गरिएको कार्यक्रममा नयाँ एप्लिकेशनसहितको मोबाइल बेकिंङ सेवा शुभारम्भ गरिएको थियो।
कार्यक्रममा संस्थाका व्यवस्थापक सरोज दाहालले  २०८२ असार मसान्तसम्मको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रममा ३१ वटा सेवाकेन्द्र सञ्चालन उपसमिति गठन गरी अध्यक्ष दंगालले पदाधिकारीहरूलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए। उनले स्थानीयवासीको सहभागितामा सहकारीलाई व्यवस्थित र मजबुत बनाउन यस्तो गरिएको बताए।
कार्यक्रममा एसईई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने छात्र सागर राउत, छात्रा सजल तामाङलाई नगद ५ हजारसहित सम्मान गरिएको थियो।
कार्यक्रममा कार्यसम्पादनको आधारमा झापाको कामाटोली सेवाकेन्द्र उत्कृष्ट हुँदै नगद सहित सम्मान गर्यो भने वर्ष उत्कृष्ट सेवाकेन्द्र प्रमुखमा सोही सेवाकेन्द्रका देवप्रसाद गणेश घोषित हुँदै पुरस्कृत भए।
त्यसैगरी  वर्ष उत्कृष्ट कर्मचारी सम्मान खेम कुमारी थापा( इटाभट्टा) ले प्राप्त गरिन् भने  उत्कृष्ट लेखा साहायक यसोदा कार्की दानाबारी घोषित भइन् ।
त्यसैगरी वर्ष उत्कृष्ट ऋण साहायकको रुपमा दुर्गादेवी पोखरेल (खुजुनाबारी) सम्मानित भइन् ।
कार्यक्रममा संस्थामा १० बर्षभन्दा बढी दीर्घ सेवा गर्ने कर्मचारीहरू प्रेमप्रसाद ओली, धनकुमार राजवंशी, तेजीमाया विष्ट, अम्बिका धौराली, याम नारायण अधिकारी, बालकुमारी खतिवडा, अम्बिका सिवाकोटी, सिवन बुढाथोकी, खगेन्द्र कार्की लगायतलाई नगद २५०० सहित सम्मान गरेको थियो ।
त्यसैगरी क्रमिक बचतमा तार्गेट पुरा गर्ने  १७ जना कर्मचारीहरु भक्ति कुमारी राजबंशी, जानुका वस्ती, पवित्रादेवी खतिवडा, कुमारी महत, सुस्मा देवकोटा, जानुका बजगाई, रिमा बुढाथोकी, देवीप्रसाद कडेँल, पवित्रा कुमारी गशेण, लक्ष्मी कुमारी राजवंशी, राधिका कार्की सुस्मा थापा, ज्वाला बुढाथोकी, सञ्जीता घिमिरे, दुर्गा लिम्बू लगायतलाई नगदसहित सम्मान गरिएको थियो  ।
  कार्यक्रममा दमक उपसमितिका संयोजक यामबहादुर अधिकारी, केर्खा उपसमितिका संयोजक सरस्वती सेढाँई, देवकुमार राई, टेकप्रसाद भण्डारी लगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव बिशेश्वरप्रसाद बजगाईंले गरेका थिए ।