बिर्तामोड। हिन्दू स्वयम्सेवक संघ नेपालको आयोजनामा श्री गुरूदक्षिणा समर्पण उत्सव सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष डिल्लीराम आचार्यको अध्यक्षता तथा समाजसेवी सुरेश कुमार अग्रबाल भद्रपुरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अनिता रिजालले स्वागत गरेकी थिइन्।
कार्यक्रममा जिल्ला संघ चालक गोविन्द लम्साल, कोशी भाग प्रचारक मुकेशकुमार शाहलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
पुस्कर घिमिरेले एकल गीत प्रस्तुत गरेको कार्यक्रमको व्यवस्थापन व्यबस्था प्रमुख प्रमोद बंशलले गरेका थिए। सितादेवी ढुङ्गेलले पूर्णता मन्त्र गरी समापन गरेको
कार्यक्रमको सञ्चालन मेचीभाग कार्यबाह ईश्वरप्रसाद पोखरेलले गरेको हिन्दू स्वयम्सेवक संघ नेपाल झापाका सम्पर्क प्रमुख शत्रुघनप्रसाद गुप्ताले जानकारी दिए।
गुरू पूर्णिमाको अवसरमा गुरू शिष्य परम्परालाई अगाडी बढाउँदै धर्म संस्कृति राष्ट्रियता प्रति समर्पण भाव बढाउँन कार्यक्रमको आयोजना गरिएको बताए। हिन्दू स्वयम्सेवक संघ नेपालका स्वयम्सेवकहरूबाटै धन संग्रह गरी विविध सेवा कार्य गरिने उनले बताए।




















