बिर्तामोड । झापाका बाढीपीडितहरूका लागी कङ्गारु एजुकेशन फाउण्डेशन बिर्तामोड शाखाले २१ हजार रूपैयाँ प्रदान गरेको छ।
झापा गाउँपालिकामा कष्टकर जीवन बिताउन बाध्य बाढीपीडितहरूलाई राहत प्रदान गर्न भन्दै झापा जेसीज मार्फत कङ्गारु एजुकेशन फाउण्डेशन बिर्तामोड शाखाले २१ हजार रूपैयाँ प्रदान गरेको कङ्गारु एजुकेशन फाउण्डेशनका रिजनल एसोशिएट डाइरेक्टर रोशन शाहले जानकारी दिए ।
संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदान गरिएको उनले बताए। कङ्गारु एजुकेशन फाउण्डेशन बिर्तामोड शाखाले यस अघि जेनजी प्रदर्शनकारीहरुले आगजनी र तोडफोड गरी क्षतिग्रस्त बनाएको इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको भवन पुनः निर्माण तथा मर्मत सम्भारका लागि एक लाख ५१ हजार रुपैयाँ प्रदान गरेको उनले जानकारी दिए।
उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श प्रदान गर्दै आएको कङ्गारु एजुकेशन फाउण्डेशन बिर्तामोड शाखाले
अस्ट्रेलिया, युके, युएसए , क्यानडा, डेनमार्क, न्युजिल्यान्डलगायतका देशमा कङ्गारु एजुकेशन फाउण्डेशनले उच्च शिक्षा अध्ययनका लागी बिद्यार्थीहरुलाई शैक्षिक परामर्शसहित पठाउँदै आएको उनले बताए ।
कङ्गारु एजुकेशन फाउण्डेशन बिर्तामोड शाखाले स्थापना कालदेखि नै विभिन्न सामाजिक कार्य गर्दै आएको बताउँदै कङ्गारु एजुकेशन फाउण्डेशनका रिजनल एसोशिएट डाइरेक्टर रोशन शाहले यस बर्ष पनि बाढीको चपेटामा परेर कष्टकर जीवन बिताउन बाध्य झापा गाउँपालिकाका बाढीपीडितहरूको चहर्याइरहेको घाउमा मल्हमपट्टी गर्न आफूहरूले सहयोग गरेको जनाए। आफूहरूको सहयोगले बाढीपीडितहरूको मुहारमा खुशी ल्याउने उनले विश्वास व्यक्त गरे।




















