बिर्तामोड। पाथिभरा छठ पूजा समिति बिर्तामोडले यस वर्ष  अर्जुनधारा ६ स्थित अन्धुवा खोलामा छठ पूजा गर्ने भएको छ।
बिगतदेखि बिर्तामोड –१ स्थित  पाथीभरा मन्दिर छेउको अन्धुवा खोलामा हुँदै गरेको छठ यस बर्ष महानन्द चौक उत्तर पुल्चोक पूर्व अर्जुनधारा ६ स्थित अन्धुवा खोलामा   छठ पूजा गरिने पाथिभरा छठ पूजा समितिका अध्यक्ष बिनोद साहले बताए । 
पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक  छठ मनाइने उनले बताए।  
  अर्जुनधारा ६ स्थित अन्धुवा खोलामा ६०  वटा घाट निर्माण गरिने र त्यहाँ  एक सय २०  परिवारले विधीपूर्वक छठ पूजा गर्ने  उनले बताए ।
  विगतदेखि बिर्तामोड –१ स्थित  पाथीभरा मन्दिर छेउको अन्धुवा खोलामा हुँदै गरेको छठ यस बर्ष त्यहाँ बिर्तामोड नगरपालिकाले तटबन्ध निर्माण गर्न वाल निर्माण गर्दा  भक्तजनलाई असहज भएपछी  अर्जुनधारा ६ स्थित अन्धुवा खोलामा   छठ पूजा गरिने पाथिभरा छठ पूजा समितिका महासचिव सुरेश गुप्ताले जानकारी दिए ।
छठ पूजा सम्पन्न गर्न बिनोद साहको अध्यक्षतामा पाथिभरा छठ पूजा समिति गठन गरिएको थियो ।
समितिका उपाध्यक्ष शम्भू साह,  महासचिव सुरेश गुप्ता , सचिव भोला मोहोली, कोषाध्यक्ष सन्तोष रजक रहेका छन् । त्यस्तै सदस्यहरुमा अशोक साह, चन्द्रावति साहु तेली, पुष्पा गुप्ता, अपूर्व दास, रामकुमारी देवी राय, खड्गकुमारी शर्मा ठाकुर रहेका छन् । त्यस्तै सल्लाहकारहरुमा  बालकृष्ण दाहाल, रघुनन्दन बि.क., दल्लु राया, सिँहेश्वर चौधरी, नरेश ठाकुर ,सञ्जय गुप्ता रहेका छन् ।
पाथिभरा छठ पूजा समितिले   महानन्द चौक उत्तर पुल्चोक पूर्व अर्जुनधारा ६ स्थित अन्धुवा खोलामा गरिने छठ पूजामा सहभागी हुन सबैलाई आग्रह गरेको छ।