बिर्तामोड। शिवगञ्ज छठ पूजा समिति शिवसताक्षी नपा ६ ले यस बर्ष महाआरतीसहित भव्य रूपमा छठ पर्व मनाउने भएको छ।
शिवसताक्षी नपा ६ कनकाई नदीको छठ घाट पुरानो बजारमा कार्तिक १० गते सोमबार साँझदेखि ११ गते विहानसम्म भव्य रूपमा छठ पर्व मनाउने भएको शिवगञ्ज छठ पूजा समितिका सचिव लक्ष्मीकान्त कर्णले बताए।
यस बर्ष छठ पूजासंगै महाआरतीसमेत आयोजना गरिएको बताउँदै उनले श्रीजी आरती सेवा निधीले महाआरती प्रस्तुत गर्ने जानकारी दिए।
कार्तिक १० गते सोमबार साँझ साढे पाँच बजेदेखी महाआरती गरिने र साँझ साढे सात बजेदेखि सांस्कृतिक कार्यक्रम गरिने उनको भनाई छ।
शिवगञ्ज छठ पूजा समिति शिवसताक्षी नपा ६ ले विगतका बर्ष भन्दा यस बर्ष महाआरतीसहित भव्य रूपमा छठ पर्व मनाउने तयारी गरेको शिवगञ्ज छठ पूजा समितिका अध्यक्ष बिरेन्द्रप्रसाद यादवले बताए।
यस वर्ष महाआरतीसमेत हुने भएकाले भक्तजनको उल्लेखनीय सहभागिता रहने उनको भनाई छ।
शिवगञ्ज छठ पूजा समितिको तर्फबाट छठ पूजामा आउने भक्तजनलाई प्रसादको ब्यबस्था गरिएको उनले बताए।
शिवसताक्षी नपा ६ कनकाई नदीको छठ घाट पुरानो बजारमा हुने छठका लागि यस वर्ष ८१ वटा घाट निर्माण गरिएको शिवगञ्ज छठ पूजा समितिका
कोषाध्यक्ष रमेश साह रौनियारले बताए । छठ पूजा सम्पन्न गर्न करिब २ लाख रूपैयाँ लाग्ने अनुमान गरिएको उनले बताए।
छठ पूजा सम्पन्न गर्न बिरेन्द्रप्रसाद यादवको अध्यक्षतामा शिवगञ्ज छठ पूजा समिति गठन गरिएको छ। समितिको सचिवमा लक्ष्मीकान्त कर्ण, कोषाध्यक्षमा रमेश साह रौनियार रहेका छन्। समितिको सदस्यहरूमा सागर साह, सुमित साह, जगरनाथ महतो, दिपक यादव, श्यामसुन्दर शर्मा, मनोजकुमार साह, सन्तोष कर्ण, दिलिप महतो र राकेश साह रहेका छन् ।




















