बिर्तामोड। घैलाडुव्वा छठ पूजा समिति कनकाई नपा ९  ले यस बर्ष बिरिङ नदीमा भव्य रूपमा छठ पूजा  गर्ने भएको छ।
  घैलाडुव्वाबाट चम्पापूर जानेबाटो छेउको बिरिङ नदीमा कार्तिक १० गते सोमबार साँझदेखि ११ गते विहानसम्म भव्य रूपमा छठ पूजा गर्ने भएको घैलाडुव्वा छठ पूजा समिति कनकाई नपा ९ का अध्यक्ष उमेश कर्णले बताए।
यस बर्ष छठ पूजासंगै सांस्कृतिक कार्यक्रम भजन-कीर्तन समेत आयोजना गरिएको बताउँदै उनले भक्तजनको सहभागिता बढ्ने जानकारी दिए।
कार्तिक १० गते सोमबार तीन बजेदेखी राष्ट्रिय कलाकार रोशन अधिकारीबाट भजन प्रस्तुत तथा राष्ट्रिय तथा स्थानीय कलाकारहरूद्वारा सांस्कृतिक कार्यक्रम गरिने उनको भनाई छ।
घैलाडुव्वा छठ पूजा समिति कनकाई नपा ९ ले  विगतका बर्ष भन्दा यस बर्ष भव्य रूपमा छठ पर्व मनाउने तयारी गरेको  घैलाडुव्वा छठ पूजा समितिका सचिव बरूण साहले बताए।
यस वर्ष  बिभिन्न जातजातीको झाँकी समेत हुने भएकाले भक्तजनको उल्लेखनीय सहभागिता रहने उनको भनाई छ।
  घैलाडुव्वा छठ पूजा समितिको तर्फबाट  छठ पूजामा आउने भक्तजनलाई प्रसादको ब्यबस्था गरिएको उनले बताए।
बिरीङ  नदीको किनारमा हुने छठका लागि यस वर्ष ३६ वटा घाट निर्माण गरिएको उनले जानकारी दिए  ।
घैलाडुव्वा छठ पूजा समितिका सल्लाहकार कृष्णवावु शर्माले छठ पूजामा सहभागिताका लागि सबैलाई आग्रह  गरेका छन्।