बिर्तामोड। गोर्खा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष प्रकाशकुमार सिटौलाको अध्यक्षता तथा पूर्व अध्यक्ष मनबहादुर पाहिमको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष सुनिल शिवाकोटीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा अध्यक्ष सिटौलाले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
संस्थाको शेयर सदस्य १ हजार ३ सय ६५ जना, शेयर पूँजी १ करोड ४८ लाख ३१ हजार ५ सय रूपैयाँ, निक्षेप ५ करोड ३१ लाख ४२ हजार ८ सय २ रूपैयाँ ६२ पैसा, ऋण लगानी ६ करोड ७ लाख १७ हजार ३ सय ३१ रूपैयाँ , वासलात ७ करोड ७६ लाख ७८ हजार १ सय ७४ रूपैयाँ १५ पैसा, नाफा १२ लाख ८३ हजार १ सय ३२ रूपैयाँ ५९ पैसा , कोष ९४ लाख ८१ हजार ७७ रूपैयाँ, १७ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ।
कार्यक्रममा उत्कृष्ट बचतकर्तातर्फ राधिका पाहिम, निर्मला विश्वकर्मा, मेनुका भण्डारी, असल ऋणीतर्फ द्रौपदी माझी, जीवन राई, तोकप्रसाद दुलाल, दिलकुमारी तामाङ, ज्येष्ठ नागरिक माधवी पौडेल, मनमाया भण्डारी, आशमाया लिम्वू, एसईईमा उत्कृष्ट आर्या श्रेष्ठ र उत्कृष्ट कर्मचारी विष्णुप्रिया दाहाललाई पुरस्कारसहित सम्मान गरिएको थियो।
नेपाल चेम्बर अफ कमर्स झापाका संस्थापक अध्यक्ष सन्तोष अग्रवाल , संस्थाका शिक्षा उपसमिति सदस्य केशरकुमार खवासलगायतले मन्तव्य व्यक्त गरेको कार्यक्रममा लेखा सुपरीवेक्षण समितिका संयोजक धनपती भट्टराईले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव रामकृष्ण ढकालले गरेको व्यवस्थापक सुरेश गौतमले जानकारी दिए।




















