बिर्तामोड। सृजनशील बचत तथा ऋण सहकारी संस्थाको २० औं वार्षिक साधारण सभा सम्पन्न   भएको छ।

   संस्थाका अध्यक्ष डम्बर बिमलीको अध्यक्षता तथा संस्थापक अध्यक्ष बेदप्रकाश अग्रवालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा  लेखा सुपरीवेक्षण समिति संयोजक अरूण सापकोटाले स्वागत गरेका थिए ।
   कार्यक्रममा संस्थाका अध्यक्ष डम्बर बिमलीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

अध्यक्ष बिमलीको अस्वस्थाको कारण लेखा सुपरीवेक्षण समिति संयोजक अरूण सापकोटाले उक्त प्रतिवेदन बाचन गरेका थिए।
   कार्यक्रममा संस्थाको  शेयर पूँजी १ करोड ६३ लाख ३२ हजार ८ सय रूपैयाँ, निक्षेप ११ करोड १६ लाख ४७ हजार ६ सय ७५ रूपैयाँ, ऋण लगानी ५ करोड १ लाख ५६ हजार ७५ रूपैयाँ,  आम्दानी ४८ लाख ५० हजार ७ सय ४० रूपैयाँ ९८ पैसा , खर्च १ करोड ४५ लाख ७१ हजार ५ सय ७ रूपैयाँ ६ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ।
    कार्यक्रममा सजिलो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष काशीनाथ घिमिरे, संस्थाका सल्लाहकार गोपालप्रसाद अधिकारीलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा  लेखा सुपरीवेक्षण समिति संयोजक अरूण सापकोटाले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रमको सञ्चालन लेखा सुपरीवेक्षण समिति सदस्य अर्जुनप्रसाद आचार्यले गरेको संस्थाकी व्यवस्थापक तारा निरौला ढकालले जानकारी दिइन्।