बिर्तामोडनेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ कोशी प्रदेश समितिको अध्यक्षमा सीए सुशिल अग्रवाल निर्वाचित भएका छन् ।   
  नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ कोशी प्रदेश समितिको संघको सचिवमा गुल्सन शर्मा, कोषाध्यक्षमा श्रीप्रसाद निरौला र सदस्यहरुमा रुपा सिघान्ची र मनिष श्रेष्ठ  निर्वाचित भएका छन् ।
  त्यस्तै नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ झापा जिल्ला समितिको अध्यक्षमा
सिए अनिल कुमार प्रसाई निर्वाचित भएका छन्।
  नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ झापा
जिल्ला समितिको उपाध्यक्ष सिए राहुल साहेवाला , सचिवमा सिए गंगाराम बस्नेत ,
कोषाध्यक्ष सिए प्रज्जवल शर्मा अधिकारी निर्वाचित भएका छन्।
   नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ झापा
जिल्ला समितिका सदस्यहरूमा सिए अमित अग्रवाल, सिए बिकाश साहु ,
सीए आशिष मुरारका , सिए डिम्पल अग्रवाल , सीए सुजान भट्टराई निर्वाचित भएका छन्  ।
   त्यस्तै  नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ मोरङ जिल्ला अध्यक्षमा सीए अश्विनी बंशल निर्वाचित भएका छन् ।
   यसैबीच नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ कोशी प्रदेश समिति , नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ झापा , मोरङ र सुनसरी जिल्ला समितिमा निर्वाचित पदाधिकारी र सदस्यहरूलाई शपथ ग्रहणसहित निर्वाचित प्रमाणपत्र वितरण गरिएको छ ।
   मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत केशवराज उप्रेती, नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघका केन्द्रीय अध्यक्ष अनुप नेपाल र संघका निवर्तमान कोशी प्रदेश समिति अध्यक्ष तिर्थप्रसाद यादवले नवनिर्वाचित अध्यक्ष सहित पदाधिकारी र सदस्यहरूलाई प्रमाणपत्र वितरण गरेका थिए ।
   नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष एवं मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष प्रकाश मुन्दडा, मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल साह, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका कोषाध्यक्ष सुभाष आचार्य लगायतले नवनिर्वाचित पदाधिकारीलाई सफल कार्यकालको शुभकामना दिएका थिए।