बिर्तामोड। झापा बाह्दशी गाउँपालिका बडा नं ७ डाँगीबारी निबासी चम्लागाईं परिवारले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको भवन पुनःनिर्माण तथा मर्मत सम्भारका लागि आर्थिक सहयोग गरेका छन्।
हाल बिर्तामोड ३ भगवानचौक बस्दै आएका लोकनाथ चम्लागाईं , डिकुरादेवी चम्लागाईं, छोराहरू प्रेमप्रसाद चम्लागाईं , महेन्द्रप्रसाद चम्लागाई र देबिन्द्रप्रसाद चम्लागाईंले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको भवन पुनःनिर्माण तथा मर्मत सम्भारका लागि एक लाख एक हजार रुपैयाँ प्रदान गरेका हुन्।
समाजसेवी लोकनाथ चम्लागाईं , डिकुरादेवी चम्लागाईं, छोरा प्रेमप्रसाद चम्लागाईंलगायतले भवन पुनःनिर्माण तथा मर्मत सम्भारका अगुवा बिपिन बजगाँई,रमेश चौधरी , सन्तोष राजवंशीलगायतलाई कार्यालयमै पुगेर उक्त रकम हस्तान्तरण गरेका थिए।
जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको भवन पुनःनिर्माण तथा मर्मत सम्भारका लागि आर्थिक सहयोग गरेकोमा भवन पुनःनिर्माण तथा मर्मत सम्भारका अगुवा बिपिन बजगाँईले चम्लागाईं परिवारलाई धन्यवाद दिएका छन्।
कार्यक्रममा सहभागी सञ्चार उद्यमी राजेन्द्र चम्लागाईंले झापा बाह्दशी गाउँपालिका बडा नं ७ डाँगीबारीका समाजसेवी चम्लागाईं परीवारले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको भवन पुनःनिर्माण तथा मर्मत सम्भारका लागि आर्थिक सहयोग गरेर समाजका लागी उदाहरणीय काम गरेको बताए।




















