बिर्तामोड । झापा जिल्लाबाट वैदेशिक रोजगारीको सिलसिलामा युएई गएका झापावासीहरुको सामाजिक संस्था झापाली समाज युएई नेपाल सम्पर्क समितिले  झापा जिल्ला अर्जुनधारा १ मा रहेको भिमले आधारभूत विद्यालयमा अध्ययनरत् अति विपन्न वर्गका छात्र छात्राहरुलाई  न्यानो कपडा वितरण  गरेको छ ।
  विशेष गरेर असहाय, विपन्न वर्गका विद्यार्थीहरू अध्ययन गर्ने सामुदायिक विद्यालय भिमले आधारभूत विद्यालयमा   अध्ययनरत् सबै १ सय ५१ जना विधार्थीहरुलाई विद्यालयको लोगो र  समाजको लोगो अंकित न्यानो टी सर्ट  र ट्राउजर वितरण गरिएको झापाली समाज युएई नेपाल सम्पर्क समितिका अध्यक्ष अशोक चापागाईंले बताए
   झापाली समाज युएई र अर्जुनधारा नगरपालिका वडा न. १  वडा  कार्यालयको सहकार्यमा झापाली समाज युएई नेपाल सम्पर्क समितिले  विद्यार्थीहरूलाई विद्यालयको लोगो र समाजको लोगो अंकित न्यानो टी सर्ट  र ट्राउजर वितरण गर्दा विधार्थी,अभिवावक एवं शिक्षकहरु समेत प्रफुल्लित देखिन्थे ।
    झापाली समाज युएई नेपाल सम्पर्क समितिका अध्यक्ष अशोक चापागाईंको अध्यक्षता तथा अर्जुनधारा नगरपालिका वडा न. १  वडाध्यक्ष उपेन्द्र बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा झापाली समाज युएई नेपाल सम्पर्क समितिकी उपाध्यक्ष सरस्वती बांस्तोलाले स्वागत गरेकी थिइन्।
  कार्यक्रममा प्रमुख अतिथी अर्जुनधारा नगर पालिका वडा न. १ का  वडाध्यक्ष उपेन्द्र बस्नेतले  झापाली समाज युएई नेपाल सम्पर्क समितिले गरेको सामाजिक कार्यको जति नै प्रशंसा गरेपनि कम हुने बताउँदै अर्जुनधारा नगरपालिका वडा न. १ ले सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे।
   अर्जुनधारा नगरपालिका वडा न. १ का वडासदस्य भिम लिमेलले झापाली समाज युएई नेपाल सम्पर्क समितिले अर्जुनधारा १ मा रहेको भिमले आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेर पुण्यको कार्य गरेको बताए।
    विद्यालयका प्रधानाध्यापक डम्बर प्याकुरेलले झापाली समाज युएई नेपाल सम्पर्क समितिले आफ्नो विद्यालय छनौट गरि असहाय विपन्न वर्गका विद्यार्थीहरूलाई विद्यालयको स्टेन्डरमा समेत सहयोग पुग्नेगरी  न्यानो कपडा वितरण गरेकोमा आभार साथै धन्यवाद व्यक्त गरेका थिए ।
  उनले जाडोमा न्यानो कपडाको अभावमा कष्टपूर्ण अवस्थामा विद्यालय आउने विद्यार्थीलाई न्यानो कपडाले विद्यालय आउन सहज हुने बताए।
   कार्यक्रममा झापाली समाज युएईका अध्यक्ष  लोकेश कोइरालाले सन् २०१५ मा झापा जिल्लाबाट वैदेशिक रोजगारीको सिलसिलामा युएई गएका झापावासीहरुले  सामाजिक संस्थाको रूपमा झापाली समाज युएईको स्थापना गरेको बताउँदै संस्थाले बिभिन्न सामाजिक कार्य गरिरहेको जनाए।

उनले झापाका १५ वटै पालिकाका गरीब, असहाय विपन्न बर्गका बालबालिकाहरूलाई  संस्थाले  निःशुल्क छात्रवृत्तिसहित पढाईरहेको बताए।

संस्थाले  अहिले पनि सामाजिक उत्तरदायित्व बहन गर्दै न्यानो कपडा वितरण  गरेको  उनले बताए ।

 कार्यक्रममा  झापाली समाज युएईका पदाधिकारीहरु , आजीवन सदस्य, झापाली समाज युएई नेपाल सम्पर्क समितिका पदाधिकारीहरू लगायतको सहभागिता  रहेको थियो ।
कार्यक्रमको सञ्चालन समाजका मणी सुवेदीले गरेको झापाली समाज युएई नेपाल सम्पर्क समितिका प्रेस सल्लाहकार तुलसीप्रसाद निरौलाले जानकारी दिए