बिर्तामोड । अरुणोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोड–५ को १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष ताराप्रसाद नेपालको अध्यक्षता तथा ज्येष्ठ शेयर सदस्य ईन्द्रकला तिम्सिनाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी सदस्य सदिक्षा खड्काले स्वागत गरेकी थिइन् ।
कार्यक्रममा संस्थाका अध्यक्ष नेपालले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाको शेयर सदस्य २ हजार ४ सय १७ जना , शेयर पूँजी एक करोड ८ लाख ९ हजार ३ सय रुपैयाँ, निक्षेप ७ करोड ७ लाख ३६ हजार ८ सय २९ रुपैयाँ ६८ पैसा, ऋण लगानी छ करोड ९१ लाख ७३ हजार ३ रुपैयाँ ९३ पैसा, भुक्तानी दिनुपर्ने दायित्व ३ लाख ७० हजार ४ सय ३८ रुपैयाँ ५८ पैसा र नगद तथा बैंक मौज्दात एक करोड ५ लाख ९६ हजार १ सय ९७ रुपैयाँ ५१ पैसा, नाफा ११ लाख २९ हजार ७ सय ८० रुपैयाँ ६ पैसा भएकोमा आर्थिक बर्ष २०८० \०८१ सम्ममा संस्थाको संयुक्त घाटा रकम १० लाख ४२ हजार ४ सय ६८ रुपैयाँ २५ पैसा रहेकोमा
आर्थिक बर्ष २०८१ \०८२ मा संस्थाले उक्त घाटा रकम परिपूर्ति गरी ६६ हजार ४ सय ७१ रुपैयाँ ५० पैसा संञ्चित नाफा गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ।
कार्यक्रममा आर्थिक बर्ष २०८२\०८३ को लागी संस्थाको भावि नीति तथा कार्यक्रम संस्थाका सचिव दीपक तिम्सिनाले प्रस्तुत गरेका थिए।
कार्यक्रममा उत्कृष्ट बचतकर्तातर्फ पबित्राकुमारी बुढाथोकी , असल ऋणीतर्फ राजेन्द्रकुमार कार्की , बाल बचतकर्तातर्फ लियान लाबुङ लिम्बू , गत शैक्षिक वर्ष २०८१ को एसईई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने छात्र कुशल कोइराला, छात्रा ओजस्वी पोखरेल, गत शैक्षिक वर्ष २०८२ को राष्ट्रिय परीक्षा वोर्डमा कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने छात्र सोहनप्रसाद कट्टेल र छात्रा सुम्निमा कार्की तथा उत्कृष्ट कर्मचारी उमा फुयाँललाई पुरस्कृत एवम् सम्मानित गरिएको थियो ।
कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक बालकृष्ण दाहालले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सञ्चालन संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक बालकृष्ण दाहालले गरेको व्यवस्थापक पिताम्बर कोइरालाले जानकारी दिए ।




















