बिर्तामोड। चलचित्र तिलस्मीको शुभमूर्हत गरिएको छ।
हल्दीबारी १ गोल्धापस्थित सिंहबाहिनी मन्दिरमा चलचित्र तिलस्मीको शुभमूर्हत गरिएको हो।
कथा तथा निर्देशन तारा अधिकारी र पटकथा तथा संवाद बाबुराम निरौलाको रहेको चलचित्रमा महेश खड्का, जान्बी बस्नेत, सुनिसा बजगाईं , रस्मी भट्टलगायतको अभिनय रहेको छ। झापा, ईलाम र काठमाडौंका विभिन्न स्थानमा छायाङ्कन गरिने बताइएको छ।
सुनौलो तारा मोशन पिक्चर्सको ब्यानरमा निर्माण गरिने चलचित्र तिलस्मीले समाजका घटेका बिभिन्न समसामयिक घटनाहरूलाई उठान गरिएको चलचित्रको कथा तथा निर्देशक तारा अधिकारीले बताइन् ।
कार्यक्रममा चलचित्रका कलाकार महेश खड्का, जान्बी बस्नेत, सुनिसा बजगाईं, भविष्य कार्की , आर्जे सिंहलगायतले चलचित्र राम्रो बन्ने र दर्शकको मन जित्ने बताए।




















