बिर्तामोड। श्री पञ्चमणी माध्यमिक विद्यालय बाह्दशी-६  बिहीबारेको ४८ औं वार्षिकोत्सव सम्पन्न भएको छ।
   विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पशुपति संग्रौलाको अध्यक्षता तथा प्रदेश सांसद छविलाल चुडालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा शिक्षक वेदकुमार खरेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
   कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तुलाराम निरौलाले विद्यालयको गतिविधिसहित बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
   कार्यक्रममा विद्यार्थीहरूले विभिन्न जातीय सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।
    कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक कृष्णकुमार राई, अवकाशप्राप्त शिक्षक देवीप्रसाद उप्रेती,       पूर्व विद्यार्थी समाज मञ्चका संयोजक ज्ञानु सुवेदी, अक्षयकोषदाता भगीरथ संग्रौला , नेपाल रेडक्रस सोसाइटी बाह्दशी सभापति लेखराज सुवेदी ,  निवर्तमान अध्यक्ष होममणी दाहाल , वडा सदस्य गंगाराम धिताललगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
    कार्यक्रममा उत्कृष्ट शिक्षकको रूपमा  श्रीकृष्णप्रसाद दङ्गाललाई सम्मान गरिएको थियो भने दीर्घ सेवा शिक्षकको रूपमा कार्यरत भई अवकाश प्राप्त शिक्षकहरू देवीप्रसाद उप्रेती, हेमबहादुर सावाँ र दिलप्रसाद सुवेदीलाई सम्मानसहित बिदाई गरिएको थियो।
   कार्यक्रममा  अक्षयकोषदाता हेमराज धमला , विश्वास गौतम, युवराज उप्रेतीलाई सम्मान गरिएको थियो।
    बिभिन्न अक्षयकोषबाट छात्रवृत्तिसमेत बितरण गरिएको कार्यक्रममा विभिन्न खेलकुद प्रतियोगिताका विजेता विद्यार्थी , विद्यालयको कक्षागत परीक्षाफलमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो।
  कार्यक्रम सञ्चालन शिक्षक सरोजा अर्यालले गरेकी थिइन्।