बिर्तामोड। इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनको आयोजनामा सात दिवसीय सेल्फ मेकअप क्लास सम्पन्न भएको छ। 

इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनमा आवद्ध मेम्बरहरूलाई मेकअप सम्बन्धी बिभिन्न तरिकाहरूबारे प्रशिक्षण प्रदान गरिएको इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट लुना बस्नेतले बताइन् ।
  बिर्तामोडस्थित अपेक्षा मेकअप स्टुडियोकी सञ्चालक मेकअप आर्टिष्ट अपेक्षा कार्कीले इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनमा आवद्ध सात जना मेम्बरहरूलाई मेकअप सम्बन्धी क्लास दिएको उनले बताइन्।
  सेल्फ मेकअप क्लास लिन पाएकोमा सहभागीहरुले खुशी व्यक्त गरेका थिए।