बिर्तामोड। झापाको बिर्तामोडमा कल्प भेज रेष्टुरेण्ट एण्ड बार सञ्चालनमा आएको छ।
बिर्तामोड -५ का विवेक विष्ट र दिपक पराजुलीले करिब एक करोडको लगानीमा कनकाई रोडमा कल्प भेज रेष्टुरेण्ट एण्ड बार सञ्चालनमा ल्याएका हुन्।
सञ्चालक विष्टले कल्प भेज रेष्टुरेण्ट एण्ड बारमा सम्पूर्ण भेज आइटमका खानेकुरा, तन्दुर , नान आइटम, ईण्डियन, चाइनिज, कन्टीनेन्टल परिकार पाइने बताए।
कोशी प्रदेशमै पहिलो पटक मल्टीक्युजिन भेज रेष्टुरेण्ट एण्ड बार सञ्चालनमा ल्याएर यहाँका उपभोक्ताहरुलाई सन्तुष्ट दिइने उनको भनाई छ।
आफू होटल म्यानेजमेन्टको बिद्यार्थी भएकाले अध्ययनको क्रममा भारततीर भेज रेष्टुरेण्ट देखेको तर कोशी प्रदेशमै यस्तो रेष्टुरेण्ट नदेखेकाले पहिलो पटक भेज रेष्टुरेण्ट एण्ड बार सञ्चालनमा ल्याएको सञ्चालक विष्टले बताए।
आफू तथा आफ्ना परिवारले विगत ३० बर्षदेखि बुधबारे, बिर्तामोडमा कोशेली डेरी व्यवसाय सञ्चालनमा ल्याएको बताउँदै उनले डेरीमा पाइने दूधजन्य उत्पादनको समेत प्रयोग गरेर रेष्टुरेण्टमा खानेकुरा बनाइने जानकारी दिए ।
आगामी दिनमा कल्प भेज रेष्टुरेण्ट एण्ड बारमा भेज आइटमका नौलो परिकार थपिने उनले जानकारी दिए।
कल्प भेज रेष्टुरेण्ट एण्ड बारको उद्घाटन सञ्चालक विष्टका मावली हजुरबुबा ९३ बर्षीय भीमबहादुर भण्डारी र हजुरआमा सुभद्रा भण्डारीले लगायतले गरेका थिए।
उद्घाटन कार्यक्रममा स्थानीय राजेश सुवेदी, सुरेन्द्र बिष्ट, कमला बिष्ट, इन्दु बिष्ट, ललित बिष्ट, श्याम कटुवाललगायतको सहभागिता रहेको थियो।
कार्यक्रमको सहजीकरण सुवास तिखत्रीले गरेका थिए ।




















