बिर्तामोड । नेपाल तामाङ घेदुङ जिल्ला कार्यसमिति झापाको अध्यक्षमा जगत लोम्चन तामाङ निर्वाचित भएका छन् । संस्थाको बिर्तामोडमा भएको सातौं झापा जिल्ला अधिवेसनले तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षद्वयमा फूलमाया मोक्तान तामाङ,सरिता घिसिङ तामाङ सचिवमा मानबहादुर तामाङ, सहसचिवमा सूर्यमान पाख्रिङ कोषाध्यक्षमा पम्फादेवी तामाङ रहेका छन् । त्यस्तै सदस्यहरुमा चेतराज योञ्जन, विशाल घिसिङ तामाङ, मानबहादुर ग्लान, बमबहादुर तामाङ, पेम्बा गोले, इन्द्रमाया तामाङ, सुनिता गोले रहेका छन् । त्यसैगरी महिला सदस्यहरुमा मनमाया ग्यावाक, निशा मोक्ताङ तामाङ, छ्योमाया तामाङ, कृष्णकुमारी तामाङ, राजकुमारी तामाङ रहेका छन् ।
संस्थाका अध्यक्ष काजीमान घिसिङको अध्यक्षता तथा नेपाल तामाङ घेदुङ संघीय सह अध्यक्ष कुमारसिंह घिसिङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा झापा उपाध्यक्ष रामकुमारी तामाङले स्वागत गरेकी थिइन् । कार्यक्रममा नेपाल तामाङ घेदुङ संघीय बरिष्ठ उपाध्यक्ष रामकृष्ण ग्लोन तामाङ, संघीय सदस्य तथा झापा इञ्चार्ज पदमबहादुर ग्यावक,पूर्व केन्द्रीय सदस्य विना तामाङ, प्रदेश मूख्य सचिव तिलक पाख्रिन, भद्रपूर नगर अध्यक्ष बशन्त तामाङ, नेपाल आदीवासी जनजाती महासंघ झापा अध्यक्ष पाण्डवलाल चौधरीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा संस्थाको गतिविधीमा सक्रिय सहभागिता जनाउने तथा तामाङ भाषा,संस्कार ,संस्कृति जर्गेना गरेको भन्दै बिर्तामोड, मेचीनगर, अर्जुनधारा र बुद्धशान्तीको समितिलाई प्रशंसा पत्र प्रदान गरिएको थियो भने अन्य ११ वटा पालिकाका समितिलाई मायाको चिनो प्रदान गरिएको थियो ।
संस्थाका पूर्व झापा जिल्ला उपाध्यक्ष प्रतिमान घिसिङले तामाङ भाषामा कविता प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन संस्थाका झापा जिल्ला सचिव चन्द्र डुम्जन र सहसचिव सोमबहादुर तामाङले गरेका थिए ।




















