बिर्तामोड । नेपाली हिन्दु धर्मावलम्बी महिलाहरुको नजिकिँदै गरेको विशेषपर्व तीजको रमझम सांगीतिक रुपमा सुरु भईसकेको छ । यसै क्रममा बजारमा विभिन्न तीज भाकाहरु आईरहेका छन् । यही तीजलाई लक्षित गरेर सारेगमप लिटल च्याम्प्स नेपालकी बिजेता कृपा पौडेलले आफ्नो स्वरमा नयाँ तीज गीत रातो सारीमा को भिडियो बजारमा ल्याएकी छिन् । उनले  यो गीत आफ्नै अफिसियल युट्युबच्यानल कृपा पौडेलबाट  रिलिज गरेकी हुन् ।

 आफ्नो गीत तीजमा पर्वमा विभिन्न पहिरन र आभुषणले सजिएकी एक नारीले आफ्नो पहिरन, आभूषण र सौन्दर्यको प्रसँसा गर्ने प्रसँगमा आधारित रहेको तथा तीजको रमझममा सासुआमाले आफ्नो छोरी र बुहारीप्रति गरिने भेदभावलाई देखाइएको गायिका कृपा पौडेल बताउँछिन् । 

शान्ता न्यौपानेको रचना, संगीत तथा निर्देशन  सनम खतिवडा राजाको रहेको तीज गीत रातो सारीमा मा स्वर कृपा पौडेलको रहेको छ । एरेञ्जर राकेश सोनी रहेको यो तीज गीत रेम्बो स्टुडियो अनामनगरमा रेकर्ड गरिएको छ ।  

सप्तक  संगीत बिद्यालय बिर्तामोड झापा र महिला अधिकारका लागी राष्ट्रिय अभियानले निर्माण गरेको यो गीतको भिडियोमा गायिका कृपा पौडेल, सञ्जीवनी पौड्याललगायतको मुख्य भूमिका रहेको छ । यो गीतको भिडियोलाई छायाँकार दिपक कार्की र टीमले छायाँकन गरेका हुन् । भिडियोमा सुरज लुहागुनको कोरियोग्राफी छ । झापा बिर्तामोड –२ चारपानेकी कृपाले आफूले पहिलो पटक तीज गीत ल्याएकाले यो गीतलाई माया गरिदिनुहुन सबैलाई आग्रह गरेकी छिन् । गीत हेर्न यो लिङ्क खोल्नुहोला । https://www.youtube.com/watch?v=0FXwj5PZ1GI