बिर्तामोड । कोशी प्रदेशस्तरिय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा झापा दोस्रो भएको छ । 

 कोशी प्रदेश खेलकुद बिकास बोर्डको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को संयोजनमा इटहरी रंगशालामा भएको प्रतियोगितामा  १० स्वर्ण, ११ रजत, ११ कास्य पदक गरी जम्मा  ३२ पदकसहित झापा दोस्रो भएको झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीले बताए । 

 उनले  बैशाख १५ गते देखि काठमाण्डौमा सन्चालन हुने १३औ राष्ट्रपति रनिङशिल्ड राष्ट्रिय प्रतियोगितामा झापाबाट सवैभन्दा वढी २६ जना खेलाडी छनौट भएको र झापाले सवैभन्दा वढी पदक प्राप्त गरेको जानकारी दिए ।  

 एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुको गरी ६ विधामा सञ्चालन भएको प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाका १२ सय खेलाडीको सहभागिता रहेको उनले बताए । 

 उक्त प्रतियोगितामा झापाले करातेमा ३ स्वर्ण, २ रजत, ३ कास्यसहित शतप्रतिशत पदक प्राप्त गर्नुका साथै कोशी प्रदेश प्रथम भएको उनले बताए । 

त्यस्तै झापाले  एथलेटिक्समा ५ स्वर्ण, ५ रजत,४ कास्य, पुरूष भलिवलमा स्वर्ण , महिला भलिवलमा रजत, महिला कबड्डीमा स्वर्ण, पुरूष कबड्डीमा रजत, तेक्वान्दोमा १ रजत, ३ कास्य र उसुमा १ रजत, १ कास्य पदक प्राप्त गरेको उनले बताए । 

 कोशी प्रदेशका सामाजिक बिकास मन्त्री बुद्धीकुमार राजभण्डारीले उद्घघाटन गरेको कोशी प्रदेशस्तरिय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुले काठमाण्डौमा सन्चालन हुने १३औ राष्ट्रपति रनिङशिल्ड राष्ट्रिय प्रतियोगितामा प्रतिष्पर्धा गर्ने  कोशी प्रदेश खेलकुद बिकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले जानकारी दिए ।  कोशी प्रदेशबाट १ सय ११ जना खेलाडी छनौट भएको वाग्लेले बताए ।