बिर्तामोड । बिर्ता मिडिया एण्ड इन्टरटेन्मेन्टको आयोजनामा बिर्तामोडमा भइरहेको मिस्टर एण्ड मिस एसईई २०२३ प्रदेश १ का प्रतियोगिहरुलाई आधारभूत पत्रकारिता तालिम प्रदान गरिएको छ । 

बिभिन्न अडिसनबाट छनौट भएर हाल वन्द प्रशिक्षणमा रहेका २० जना प्रतियोगिहरुलाई बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौलाले प्रशिक्षण प्रदान गरेको कार्यक्रम संयोजक दिनेशराज शर्माले बताए ।

हाल वन्द प्रशिक्षणमा रहेका २० जना प्रतियोगिहरुलाई बिभिन्न तालिमहरु प्रदान गरिँदै आएको बिर्ता मिडिया एण्ड इन्टरटेन्मेन्टका निर्देशक एलसीश्रेष्ठले बताए । प्रतियोगिताको फाइनल आगामी जेठ १५ गते बिर्तामोडको सिटी सेन्टरमा हुने उनले बताए ।