बिर्तामोड । बिर्ता मिडिया एण्ड इन्टरटेन्मेन्टको आयोजनामा बिर्तामोडमा भइरहेको मिस्टर एण्ड मिस एसईई २०२३ प्रदेश १ का प्रतियोगिहरुको ट्यालेन्ट सो सम्पन्न भएको छ । 

 बिर्ता मिडिया एण्ड इन्टरटेन्मेन्टका निर्देशक एलसी श्रेष्ठको अध्यक्षता तथा बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनालीको प्रमुख आतिथ्यमा कार्यक्रम संयोजक दिनेशराज शर्माले स्वागत गरेका थिए ।

कार्यक्रममा औषधी व्यवसायी जीवन खड्का , टावर टेम्पल स्कूलका निर्देशक राजीव धिमाल, वीरता जेसीजका अध्यक्ष घनश्याम चौधरीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।   

कार्यक्रममा बिभिन्न अडिसनबाट छनौट भएर हाल वन्द प्रशिक्षणमा रहेका २० जना प्रतियोगिहरुले आफ्ना प्रतिभा प्रस्तुत गर्दै अभिभावकको मन जितेका थिए । उनीहरुले कविता, गीत, नाटक , नृत्य प्रस्तुत गरेको इभेन्ट म्यानेजर विजय लिम्वूले बताए ।

ट्यालेन्ट सोको निर्णायकहरुमा नायिका तथा मोडल तेजस्वीनी वाँस्कोटा,झापा जिल्ला नृत्य कलाकार संघका महासचिव अमन गुप्ता, वीरता जेसीजका अध्यक्ष घनश्याम चौधरी , नृत्य निर्देशक सुरज मगरलगायत रहेका थिए ।

कार्यक्रममा बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौला, झापा जिल्ला नृत्य कलाकार संघका संस्थापक अध्यक्ष शंकर विश्वकर्मा, अध्यक्ष पदम तामाङ, नृत्य निर्देशक अमित प्रसाईलगायतको आतिथ्य रहेको थियो ।

  प्रतियोगिताको फाइनल आगामी जेठ १५ गते बिर्तामोडको सिटी सेन्टरमा हुनेछ । कार्यक्रमको सञ्चालन प्रतियोगि चेतसा न्यौपानेले गरेकी थिइन् ।