बिर्तामोड । झापाको बिर्तामोडमा  युनिक मोर्डन ब्यूटी एकेडेमी एण्ड मेकअप स्टुडियो सञ्चालनमा आएको छ । बिर्तामोडकी सौन्दर्य व्यवसायी धनु कन्दङ्वा इङनामले २० लाख रुपैयाँको लागतमा शनिश्चरे रोडमा युनिक मोर्डन ब्यूटी एकेडेमी एण्ड मेकअप स्टुडियो सञ्चालनमा ल्याएकी हुन् ।

ब्यूटीशियन बन्न चाहने महिलाहरुलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको युनिक मोर्डन ब्यूटी एकेडेमी एण्ड मेकअप स्टुडियोको धनुकी आमा माया लिम्वू, ससुरा बुबा ख्यामबहादुर इङनाम, सासुआमा संगीता इङनाम,डा.सरोज लामिछाने लगायतले गरेका थिए ।

विगत १६ वर्षदेखि सौन्दर्य व्यवसायमा रहेकी धनुले युनिक मोर्डन ब्यूटी एकेडेमी एण्ड मेकअप स्टुडियोमार्फत ब्यूटीपार्लर सम्वन्धी  सम्पूर्ण सेवा प्रदान गरिनुका साथै स्वरोजगार बनाउन ब्यूटीपार्लर सम्वन्धी तालिम प्रदान गरिने जानकारी दिइन् ।

उनले उद्घाटनको अवसरमा एक महिनासम्म सेवा र कोर्षमा ३० प्रतिशत छुटको व्यवस्था गरिएको बताइन् । राष्ट्रिय सौन्दर्यकर्मी युनीयन नेपाल (नाबुन) केन्द्रीय कमिटी सचिव रहेकी उनले पछिल्लो पटक सौन्दर्य व्यवसायमा महिलाहरुको आकर्षण वढीरहेको बताइन् ।

उनले ब्यूटीशियन बन्न चाहने महिलाहरुका लागि महिला मुक्ति अभियान झापा र युनिक मोर्डन ब्यूटी एकेडेमी एण्ड मेकअप स्टुडियो बिर्तामोडको संयुक्त आयोजनामा तीन महिने निःशुल्क आधारभूत ब्यूटीपार्लर सम्वन्धी तालिम सञ्चालन भइरहेको बताइन् ।

युनिक मोर्डन ब्यूटी एकेडेमी एण्ड मेकअप स्टुडियोमा एक सय ५० भन्दा वढीले तालिम लिइरहेको उनले बताइन् । कार्यक्रममा  महिला मुक्ति अभियान झापाकी अध्यक्ष राधा सुब्बा, राष्ट्रिय सौन्दर्यकर्मी युनीयन नेपाल (नाबुन) कोशी प्रदेश अध्यक्ष आशा मावो लिम्वू, बिर्तामोड नगर अध्यक्ष मुना केरुङलगायतले व्यवसायिक सफलताको शुभकामना दिएका थिए ।