बिर्तामोड । झापाको बिर्तामोड–१ देवी पञ्चकन्या उत्तरमा निर्माण भइरहेको बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घर निर्माणमा ऐक्यवद्धता जनाउँदै राष्ट्रिय कलाकार शारदा गिरी (काली बुढी) ले  एक थान इट्टा प्रदान गरेकी छिन् ।


  नेपाली चलचित्र आयुमा अभिनय गर्न  झापा आएकी काली बुढीले क्षितिज नाट्य प्रतिष्ठान झापाको अगुवाईमा प्रदेश नं. १ कै ऐतिहासिक धरोहरका रुपमा निर्माण भइरहेको बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घर परिसरमा पुगेर प्रतिष्ठानका केन्द्रीय अध्यक्ष तथा परिकल्पनाकार माधब कल्पितलाई  एक थान इट्टा प्रदान गरेकी हुन् ।


बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घर निर्माणका लागि शुरु गरिएको एक व्यक्ति एक इँटा समर्पण अभियानमा सहभागी हुँदै उनले एक थान इट्टा प्रदान गरेकी हुन् ।


नेपाली चलचित्र आयुमा अभिनय गर्न  झापा आएकी काली बुढीले क्षितिज नाट्य प्रतिष्ठान झापाको अगुवाईमा प्रदेश नं. १ कै ऐतिहासिक धरोहरका रुपमा निर्माण भइरहेको बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घर सम्पूर्ण कलाकारहरुका लागि  कलामन्दिर भएको बताइन् ।


झापा चलचित्र छायाङ्कनका लागी उर्वरभूमी भएको र यहाँ काठमाडौंलगायतका स्थानहरुबाट चलचित्र छायाङ्कनका लागी आउने भएकाले अब उनीहरुले बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरलाई उपयोग गरी आफ्नो चलचित्र साथै समग्र कलाकारिता क्षेत्रको प्रवद्र्धन गर्न मद्यत पुग्ने उनले बताइन् ।


आफू चलचित्र आयुमा अभिनय गर्न एक्कासी झापा आएकाले बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरलाई सहयोग गर्न नसकेपनि तत्काल बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घर निर्माणका लागि शुरु गरिएको एक व्यक्ति एक इँटा समर्पण अभियानमा सहभागी हुँदै एक थान इट्टा प्रदान गरेपनि भविष्यमा आफूले ठूलो सहयोग गर्ने प्रतिवद्धता जनाइन् ।


उनले प्रदेश नं. १ कै ऐतिहासिक धरोहरका रुपमा निर्माण भइरहेको बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घर  कलाकारहरुको साधनाको पबित्र थलो भएकाले यसलाई  पूर्णता दिन  तन,मन, धनले सहयोग गरिदिनु हुन देश विदेशका सम्पूर्ण कलाकारहरुलाई आग्रह गरिन् । 


कार्यक्रममा क्षितिज नाट्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष  माधब कल्पित , वरिष्ठ उपाध्यक्ष हरिप्रसाद भण्डारी, कोषाध्यक्ष मुना प्रसार्इं, कार्यकारी अधिकृत राजकुमार भट्टराई, बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौलालगायतले कलाकार काली बुढीलाई झापा नाटक घरमा स्वागत गरेका थिए । 


      तीन वर्ष अगाडि निर्माण कार्यको थालनी गरिएको बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरको निर्माणको ७५ प्रतिशत कार्य सम्पन्न गरिसकेको क्षितिज नाट्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सचिव माधब कल्पितले वताए ।


स्थानीय सरकार ,नागरिक समाज, प्रदेश सरकार र संघिय सांसद बिकास कोषको समेत लागत साझेदारीताबाट निर्माण भएको झापा नाटक घरको कुल लागत २ करोड ५० लाख मध्ये हालसम्ममा १ करोड ९० लाख मूल्य बराबरको कार्य सम्पन्न भएको र करिव ६० लाख रुपैयाँको अभावमा भवनले पुर्णता पाउन नसकिरहेको उनले बताए ।


उनले बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरलाई पूर्णता दिन सहयोग गर्न सबैलाई आग्रह गरे ।