बिर्तामोड । महिला उद्यमी संघ नेपाल झापाको आयोजना तथा बिर्तामोड नगरपालिका कृषि शाखाको सहयोगमा दुई दिने कौसी खेती तालिम बुधबारबाट शुरु भएको छ ।
संस्थाकी अध्यक्ष सुस्मा भण्डारी पौडेलको अध्यक्षता तथा बिर्तामोड –५ का वडासदस्य दुर्गा शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महिला उद्यमी संघ नेपाल झापाकी संस्थापक अध्यक्ष गोमा भट्टराई, सञ्चारिका समूह नेपाल झापाकी अध्यक्ष लिला अनमोल, बिर्तामोड नगरपालिका कृषि शाखाकी अनु मोते, प्रशिक्षक विमल तामाङ ,बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौला लगायतले शुभकामना दिएका थिए ।
घरको परिवार स्वस्थ राख्न महिलाहरुको भूमिका महत्वपूर्ण रहेको र घरेलु काममा मात्र व्यस्त हुने महिलाहरुले कौसी खेती गरेमा स्वस्थवद्र्धक तरकारी खान पाइनुका साथै आफ्नो घरको सुरक्षा पनि हुने भएकाले बिर्तामोड –५ का २२ जना महिलालाई दुई दिने कौसी खेती तालिम दिइएको महिला उद्यमी संघ नेपाल झापाकी अध्यक्ष सुस्मा भण्डारी पौडेलले बताइन् ।
तालिमको सहजीकरण प्रशिक्षक विमल तामाङले गरिरहेका छन् । उनले सहभागीलाई कौसी खेती गर्ने तरिका, कौसी खेतीको महत्वलगायतका विषयमा तालिम प्रदान गर्ने छन् । कौसी खेती तालिम बिहीबार समापन हुँदैछ ।




















